आतङ्की सङ्गठन हिजबुल मुजाहिद्धीनको साथबाट खुकुरी बरामद

alt
  • जेठ ४, २०७७
  • अपराध न्यूज

खुकुरी नेपालीहरूको आधारभूत र पारम्परिक जरुरी हतियार हो । यसको उद्गमस्थल नेपाल भएकै कारण गोर्खाली सेनाहरूले मात्र यसको प्रयोग गर्ने गरेका छन् ।

खुकुरी, विश्वमा छरिएका सबै गोर्खालीहरूको चिनो मात्र होइन, शान पनि मानिएको छ। यो नेपाली सेनाको पनि हतियार चिनो हो।

तर भारतको जम्बु कश्मीरस्थित पुलवामा शनिवार भारतीय सुरक्षाकर्मीको सर्च अप्रेसनको दौरानमा आतङ्कवादी सङ्गठन हिजबुल मुजाहिद्धीनको एक हतियार भण्डारबाट खुकुरीसहित अन्य धेरै हतियार र गोली बरामद गरेका छन् ।

एक घरको सुरुङमा लुकाएर राखियो हतियार मध्ये दुई थान खुकुरी समेत बरामद भएको हो । सुरक्षाकर्मीले त्यस सुरुङबाट एक थान अत्याधुनिक राइफल, म्यागजिन, सयौँ राउन्ड गोली, पेस्तोल र विस्फोटक पदार्थ बरामद गरेको थियो ।

हिजबुल आतंकवादीहरुबाट खुकुरी बरामद भएपछि भारतीय सुरक्षाकर्मी अचम्मित बनेका छन् ।

नेपाल बाहेक अन्य देशमा खुकुरी प्रयोग गर्ने प्रचलन त्यति छैन । बरामद भएको हतियारको तस्बिर भारतको प्रख्यात च्यानल जी न्यूजले आफ्नो अनलाइन साईटमा राखेको छ । 

जी न्यूजको लिंक : 

बड़ा हमला करने की फिराक में आतंकी, भारी मात्रा में बरामद हुआ गोला-बारूद

 

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved