सङ्क्रमित नर्सको परिवारको रिर्पाेट कुर्दै सुनसरी प्रशासन, सबै निकाय अलर्टमा

alt
  • जेठ १, २०७७
  • अपराध न्यूज

सुनसरीबाट भक्तपुर पुगेकी कोरोना सङ्क्रमित युवती (नर्स) को घरसहित छिमेकी ८ वटा परिवारलाई होम क्वारेनटाइनमा राखिएको छ । बिहान सुनसरी प्रशासन र स्वास्थ्यकर्मीको टोलीले सो क्षेत्रमा निरीक्षण गरेपछि रामधुनी नगरपालिका ४ लालपुरस्थित सङ्क्रमित युवतीको घर र आसपास रहेका परिवारलाई यस्तो निर्देशन दिइएको हो ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा, जनस्वास्थ्य प्रमुख, रामधुनी नगरपालिकाका मेयर सहितको टोलीले सो क्षेत्रको नियमित अनुगमन गरिरहेका छन् । प्रशासनले बुधवार सङ्कलित १९ जनाको स्वाब रिर्पाेट नआउन्जेल घर बाहिर ननिस्कन समेत निर्देशन दिइएको छ ।

सङ्क्रमित युवतीको परिवार सहित ८ घर परिवारलाई अहिले उच्च निगरानीमा राखिएको अवस्था छ । यी क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको छ ।

बुधवार युवतीको घरका ४ सदस्य सहित १९ जनाको स्वाब सङ्कलन गरी कोशी अस्पताल बिराटनगरमा कोरोना परीक्षणको लागि पठाइएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार सङ्कलित स्वाबको रिर्पाेट साँझसम्म आइपुग्ने जानकारी दिए ।

अहिले सो क्षेत्रमा सङ्क्रमित युवतीको अझै 'कन्ट्याक्ट ट्रेसिङ'को काम चलिरहेको बताउँदै थापाले सो क्षेत्रमा सुरक्षाका सम्पूर्ण सावधानी अपनाइएको जानकारी दिए ।

‘ती युवती पुगेको ठाउँ र भेटघाट भएका व्यक्तिहरू धेरै छन्’ उनले अपराध न्यूजसँग भने ‘सावधानी अपनाएर सम्पूर्ण विवरण निकाल्दै छौ’ । 'रिर्पाेट कुरिरहेका छौ, त्यसपछिको अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी पनि गरिरहेका छौ ।

प्रहरीका अनुसार ती युवती चैत्र १० गते सुनसरी आएको जनाइएको छ । उनलाई बाइक मार्फत काठमाडौँ पुराएर फर्किएका छिमेकी दाइको समेत स्वाबको रिर्पाेट आज आउदैछ ।

साथीको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।  

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

 

सम्बन्धित समाचारहरु

भोजपुरमा वडाध्यक्षद् ...

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेक ...

मोरङमा लागुऔषध कारोब ...

लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढ ...

कोरोनाको जोखिम न्यून ...

लकडाउन खुलेसंगै झापाको बिर्तामोडमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनी ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved