दुनियाँकै ठूलो डकैती, ट्रकमा भरेर लगियो २० अर्ब रुपैयाँ

alt
  • बैशाख २१, २०७७
  • अपराध न्यूज

बैंकबाट लाखौ, करोडौँ रुपैयाँ लुटिएका घटना त हामीले सुनकै छौँ । तर यो दुनियाँमा बैंक लुटपाटको एउटा यस्तो घटना भएको थियो जसलाई बैंक डकैती इतिहासकै सबैभन्दा ठूलो र अनौठो घटना मानिन्छ । रोचक त के भने बैंक लुटपाटको त्यो घटनामा स्वयं उक्त देशका राष्ट्रपतिका छोरा नै संलग्न थिए ।

उक्त लुटपाटका क्रममा बैंकबाट एक अर्ब डलर अर्थात् एक खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम लुटिएको थियो । सो घटना इराकमा आजभन्दा १७ वर्षअघि भएको थियो । इराकको केन्द्रीय बैंकबाट उक्त रकम लुटिएको थियो ।

घटना सन् २००३ को मार्च महिनामा भएको हो । त्यतिबेला सद्दाम हुसेन इराकको राष्ट्रपति थिए । त्यतिबेला अमेरिकाले इराकमाथि आक्रमणको तयारी पनि गरिरहेको थियो ।
त्यसको केही घण्टाअघि सद्दाम हुसेनका छोरा कुसय बग्दादस्थित इराकी केन्द्रीय बैंकमा पुगे र बैंकका प्रमुखलाई एक चिठी थमाए । जसमा लेखिएको थियो, ‘सुरक्षाको कारणले बैंकमा रहेको सबै रकम राष्ट्रपतिले अर्को सुरक्षित ठाउँमा लैजानका लागि आदेश दिनुभएको छ ।’

राष्ट्रपति सद्दाम हुसेनको आदेश नटेर्ने हिम्मत कसको ? राष्ट्रपतिका छोराले नै चिठी लिएर आएपछि बैंकका प्रमुख चुइँक्क बोलेनन् र बैंकमा रहेको सबै नगद रकम लैजाने अनुमति दिए ।

बैंकमा यतिधेरै रकम थियो कि त्यसलाई लैजानका लागि ट्रकहरुमा लोड गर्नुपरेको थियो । लुटिएको रकमलाई ट्रकमा लोड गर्नका लागि करिब ५ घण्टाको समय लागेको थियो । बैंकमा अझै केही रकम थियो, तर ट्रकमा नअटाएपछि सद्दामका छोराले त्यहीँ छाडिदिए ।

बैंक डकैतीको बारेमा तबमात्र थाहा भयो जब घटनाको तुरुन्तै पछि अमेरिकी सेनाले इराकमा बमबारी सुरु गर्‍यो । त्यसक्रममा इराकी केन्द्रीय बैंकमाथि पनि अमेरिकी सेनाले कब्जा जमायो । त्यसपछि मात्र थाहा भयो कि बैंकमा रहेको सबै रकम त सद्दाम हुसेनका छोरा कुसयले लगिसकेछन् ।

त्यसपछि उक्त घटनाको व्यापक छानबिन भयो । सद्दाम हुसेनको महलमा पनि चेकजाँच गरियो । त्यहाँ ठूलो परिमाणका नोटहरु प्राप्त भए। तर ती नोटहरु लुटिएका रकम मध्येका नभइ सद्दाम हुसेनका अर्का छोरा उदयले घरमा जम्मा पारेका नोट थिए ।

त्यसपछि पनि इराकका विभिन्न ठाउँमा छानविन हुँदा लुटिएको मध्येको केही रकम फेला पर्‍यो । तर बैंकबाट लुटिएको मध्येको अधिकांश रकम फेला परेन ।

सद्दाम हुसेनले नै छोराको सहायताले लुटाएको रकम सिरिया पठाएको अनुमान गरियो । यद्यपि त्यसको सबुत प्रमाण भने प्राप्त भएन । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved