ओडारबाट दुई थान टुवेलवोर हतियार फेला

alt
  • बैशाख १३, २०७७
  • अपराध न्यूज

संखुवासभाको सभापोखरी गाउँपालिका–१ को सुनखानी सामुदायिक वनको ओडारमा प्रहरीले बेवारिसे हतियार फेला पारेको छ । ओडारबाट दुई थान टुवेलवोर हतियार फेला परेको प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । उनका अनुसार धुपु प्रहरी चौकीले कालो प्लास्टिक बेरिएको अवस्थामा दुई थान हतियार बेवारिसे अवस्थामा फेला पारेको हो । स्थानीयले ओडारमा शंकास्पद वस्तु देखिएको खबर गरेपछि प्रहरी टोली खटिएको थियो । 

हतियार कसले छाडेको भन्ने खुल्न नसकेको डिएसपी लामाले बताए । ती हतियार खिया लागेर काम नलाग्ने अवस्थामा छ ।

हतियार शुक्रबार खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved