गृहमन्त्री ज्यु जय नेपाल
म पूर्व सशस्त्र प्रहरी अधिकृतको हैसियतले केही निवेदन गर्न गइरहेको छु, जुन हिजो बहालमा रहँदा भन्न सक्ने अवस्था अनुशासन र हैसियतको कारणले सम्भव थिएन।
यहाँ म विषम परिस्थितिमा जन्मिएको सशस्त्र प्रहरी बलको दरबन्दीको बारेमा केही कुरा राख्दै छु। आज सशस्त्र प्रहरी बल देशको ७७जिल्लामा तैनाथ छ , त्यो आवश्यक थियो। तर हिजो ३७ जिल्लामा रहेको तैनाथ थप ३८ जिल्लामा थप हुँदा दरबन्दी थप भएन। देशैभर उत्तर र दक्षिण गरेर १५० भन्दा बढी बिओपीहरू थपिए। जुन अति आवश्यक थियो। जहाँ जहाँ सिमाना विवाद हुन्छ ,सशस्त्र प्रहरी त्यहाँ जान्छ, तर मेनपावर म्यानेज गर्न कति गाह्रो छ कमान्डरहरूलाई ?
यो कोरोनाको कहरमा अग्रपङ्क्तिमा खटिरहेको छ सशस्त्र प्रहरी। म्यानपावरको कमीले सशस्त्रका जवानहरू २४ घण्टामा २० घण्टा डिउटि गरिरहेका छन्।
भिआइपी सेक्युरिटी, महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा,हाइड्रो पावर सुरक्षा सबै सशस्त्रले गरी आएको छ। भिड तथा दङ्गा नियन्त्रण , बिपद व्यवस्थापन , एयरपोर्ट , कारागार सुरक्षा ,आतङ्ककारी गतिविधि नियन्त्रण , राजस्व चुहावट नियन्त्रण, शान्ति सुरक्षार्थ गस्ती पर्टाेलिङ , मेला महोत्सव सुरक्षा कति कति। तर सख्या छ ३७०००। त्यो पनि अत्यन्त कम तलब सुविधाले गर्दा ५००० भन्दा बढी त यही साल मै राजीनामा गई सकेका छन् ।
कार्यालय सुरक्षा, तालिम, बिदा, बिरामी , अशक्त, अफिस सञ्चालन,भिआइपी सुरक्षा ,शान्ति स्थापनार्थ विदेश लगायत सबै तिर घटाउँदा फिल्डमा खटिने सङ्ख्या लगभग २०००० हुन आउँछ। यो सख्याले सशस्त्र प्रहरी ले सरकार र आम जनताले चाहेको जिम्मेवारी बहन गर्न सक्छ?
अझ दन्दकालमा स्थापना भएका अहिले खासै औचित्य नभएका गाउँ गाउँमा रहेका उठाउनु पर्ने बेस क्याम्पहरू राजनैतिक नेताहरूले आफ्नो निर्वाचन क्षेत्र भएकाले चुनावी स्वार्थले हटाउन दिदैनन। अनि आफ्नो निर्वाचन क्षेत्रमा बेस चाहिने, आफ्नो सुरक्षार्थ सशस्त्रको टाेली नै चाहिने नेता गणहरू नै सशस्त्र यति धेरै किन चाहियो, डाउन साइज गर्नु पर्छ भनेर लबिङ गर्छन् ।
अहिले इन्स्पेक्टरमा भर्ना भएकाहरू १६ वर्ष सम्म सोही पदमा छन् ।डिएसपीहरू १७ वर्ष डिएसपी मै रहनुपरेको छ। दरबन्दी थप भए कम्ती मा उनीहरूको वृत्तिबिकास हुने थियो।
२०६६ सम्म नेपाल प्रहरीको सङ्ख्या ५५००० थियो,सेनाको ६००००,सशस्त्र को ३५०००.। अहिले प्रहरी ८००००को हाराहारीमा छ, सेनाको सङ्ख्या १००००० छ। तर सशस्त्र ज्यु का त्युँ छ। आखिर यो सौतेलो व्यवहार किन?
प्रधान कार्यालयबाट दरबन्दी थपको प्रपोजल जान्छ गृहमा, अर्थले पैसा छैन दरबन्दी थप्न भनेर फायल फर्काइदिन्छ। अरू सङ्गठनको दरबन्दी थप्न पैसा हुने राज्यमा ,सशस्त्रलाई नहुने यो विभेद किन?
तसर्थ अहिले कम्तीमा ६०००० को रेन्जरमा पुग्ने गरी सशस्त्र प्रहरी बलमा दरबन्दी थप होस् । अनि मात्र सशस्त्रले म्यान्डेट अनुसारको कार्य सुविधाजनक हिसाबले गर्न सक्छ।
धन्यवाद, जय नेपाल
भरत बाबु कार्की शसस्त्र प्रहरीका अवकाश प्राप्त बरिष्ठ प्रहरी उपरिक्षक हुनुहुन्छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved