एम्बुलेन्समा फेसबुक लाइभ गर्ने झापाबाट पक्राउ

alt
  • चैत्र १५, २०७६
  • अपराध न्यूज

कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।  कोरोना भाइरसका बिरामी फेला पर्‍यो भन्दै सामाजिक सञ्‍जाल फेसबुकमार्फत लाइभ भिडियो गरेर समाजमा आतंक फैलाएको भन्दै दमक नगरपालिका १ बस्‍ने कुमार राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका  डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ।  राई शुक्रबार दिउँसो दमकका एक बिरामीलाई ज्वरो आएको भन्दै एम्बुलेन्समा हालेर धरान लगिरहेको अवस्थामा उनले फेसबुक लाइभ भिडियो गरेर आतंक फैलाएका थिए।

पक्राउ परेपछि उनले आफ्नो फेसबुकबाट अहिले उक्त पोस्ट डिलिट गरिसकेका प्रहरीले जनाएको छ। @thahakhabar.com

सम्बन्धित समाचारहरु

आजदेखि सेना परिचालन ...

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिच ...

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved