विप्लवविरुद्ध मुद्दा चल्न सक्ने

alt
  • बैशाख ११, २०७६
  • अपराध न्यूज

एक वर्षको अवधिमा प्रहरीले नेकपाका एक हजार पाँच सय १४ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ । सरकारले प्रतिबन्ध लगाउनुपूर्व एक हजार तीन सय पाँच र प्रतिबन्धपछि दुई सय नौजना पक्राउ गरी मुद्दा चलाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । विप्लव नेतृत्वको नेकपाले हिंसात्मक घटना बढाउँदै लगेपछि २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएर राज्यविरुद्धको अपराध मुद्दामा नेता–कार्यकर्तामाथि कारबाही थालेको हो । काठमाडौंको नख्खु र बसुन्धरामा विस्फोटपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

हाल प्रहरीले आठजनाविरुद्ध मुद्दा चलाएको छ । प्रतिबन्धित नेकपाका महासचिव विप्लवविरुद्धसमेत मुद्दा चल्ने एक प्रहरी अधिकारीले बताए । ‘पक्राउ परेकाहरूले पार्टी नेतृत्वकै निर्देशनमा विष्फोट गराएको बताएका छन्, त्यसकारण विप्लवमाथि पनि मुद्दा चल्न सक्छ । हाललाई पछि खुलेको अवस्थामा चलाउने भनेका छौँ,’ अनुसन्धानमा सम्बद्ध ललितपुर परिसरका एक प्रहरी अधिकारीले भने । दुई वर्षअघि भोजपुरलगायत जिल्लामा गराएको विष्फोटका घटनामा समेत विप्लव ‘फरारको सूची’मा छन् । सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत भएका छन् । 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved