अंण्डरवल्ड डन दाउदका खास ‘एजाज’ नेपाल भारत सिमाबाट पक्राउ

alt
  • पुस २४, २०७६
  • अपराध न्यूज

अण्डरबल्ड डन दाउद इब्राहिमका खास सहयोगी एजाज लकडावाल पक्राउ परेका छन् । उनलाई नेपालको सिमामा पर्ने भारत बिहारको पटनाबाट बुधबार मुम्बई क्राईम ब्रान्चको टोलीले पक्राउ गरेको हो ।

लकडावाल बिरुद्ध भारतीय प्रहरीमा ४० भन्दा बढी फिरौती, मर्डर तथा धम्कीको उजुरी छ । उनि ४० देशमा प्रहरीको मस्ट वाण्टेड अपराधी समेत हुन् ।

मुम्बई प्रहरीका अनुसार लकडावालले नेपाल भारत सिमामा बसेर मुम्बईका केही व्यक्तिलाई फोन मार्फत फिरौती मागेको बताइएको छ । ५ करोड भारतीय रुपैया फिरौती मागेका लकडावाललाई उनकी छोरी सोनिया पक्राउ परेसगै उनको खोजतलासमा मुम्बई क्राईम ब्रान्चको टोली नेपाल भारत सिमा आइपुगेको थियो ।

मुम्बई प्रहरीले उनकी छोरी सोनिया मुम्बई एयरपोर्ट मार्फत नेपाल भाग्ने तयारी गर्दैगर्दा पक्राउ परेको भारतीय संञ्चारकर्मीलाई प्रतिकृया दिएका छन् । लकडावाल पनि नेपाल भाग्ने तयारी गर्दैगर्दा पक्राउ गरेको जानकारी दिइएको छ ।

२००२ मा अर्काे अण्डरवल्ड डन छोटा सकिल र लकडावालबिचको ग्याँङ फाईटमा उनलाई ७ वटा गोली लाग्दा समेत बचेका थिए । त्यसपछि उनि फरार थिए ।

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved