ओली सहित ६ जनालाई जेल चलान

alt
  • बैशाख ११, २०७६
  • अपराध न्यूज

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्र इन्चार्ज रहेका हेमन्तप्रकाश ओलीसहित ६ नेता जेल चलान भएका छन् । ललितपुरको नख्खुमा दुई महिनाअघि भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत ललितपुरले मंगलबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

ओलीसहित शिव धमला भनिने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार र विराट भन्ने वीरबहादुर कठायत जेल चलान भएको ललितपुर प्रहरीले जनाएको छ ।  उनीहरूविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी चारवटा मुद्दा चलेको थियो । जसमा उनीहरूविरुद्ध जन्मकैदको माग गरी महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा चलाएको थियो । 

गत १० फागुनमा सो समूहले नख्खुमा एनसेलको कार्यालयलाई लक्षित गरी गराएको विष्फोटमा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो । अन्य दुईजना घाइते भएका थिए । नेता ओलीले अन्तर्वार्ता नै दिएर सो घटनामा आफूहरूको संलग्नता रहेको स्विकारेका थिए । घटनाको एक महिनापछि काभ्रेबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved