कञ्चनपुरमा पत्नीहत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–६ खैराना घर भएका शिक्षक मोहनसिंह ऐरीलाई पत्नीहत्याको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
ऐरीकी पत्नी सरस्वतीको सोमबार राति विषालु पदार्थ सेवनपछि मृत्यु भएको हो । विषालु पदार्थ सेवन गरेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा सरस्वतीको मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरीविरुद्ध प्रहरीमा हत्या गरेको किटानी जाहेरी दिएको थियो । सोही किटानीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
‘उनकै ससुरा (शेरसिंह बोहरा)ले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा ज्वाइँविरुद्ध किटानी दिएका छन्,’ प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि ऐरीलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’ सरस्वतीलाई श्रीमान्ले आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी परेको प्रहरीले जनाएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved