उदयपुरको त्रियुगा नगरपालिका निवासी आमाछोरीको विभत्स हत्यामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–९, चौकीबारीकी २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारीको असोज २४ गते हत्या भएको थियो। दुवैको शव घरमै फेला परेको थियो।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिराहको लहान नगरपालिका– २ घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय रामहरि साहलाई पक्राउ गरेको हो।
उ मिठाई पसल सञ्चालन गरेर बसेको उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए। साहलाई जिल्ला प्रहरी कार्यालय उपयपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पक्राउ परेका साहले आफूले नै आमाछोरीको हत्या गरेको प्रहरीमा बयान दिएका छन्। आफूसँग प्रेम गरेकी शारदाले विवाह गर्न इन्कार गरेपछि हत्या गरेको साहले बताएको बुढामगरले जानकारी दिए।
पहिला सलले घाँटी कसेर त्यसपछि धारिलो हतियारले रेटी हत्या गरिएको उनको भनाइ छ। विवाह गर्ने प्रस्ताव अस्विकृत भएपछि दसै्र अगावै साहले शारदाको हत्या योजना बनाएको प्रहरीको भनाइ छ।
प्रहरीले साहको कोठाबाट सारदाका सुनका गहना समेत बरामद गरेको छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved