रौतहटको इस्नाथ नगरपालिकामा युवकको गोली प्रहार गरी हत्या भएको छ। आइतबार साँझ साढे ५ बजे भारतबाट आएका मोटरसाइकलमा सवार अज्ञात समूहले खापभिउरा जयनगरको बीचमा अन्दाजी २२ वर्षीय युवकको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गोली हानी ती समूह भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
मृतकको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीको भनाइ छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved