एसएमएसमार्फत बम विस्फोटनको धम्की दिने तीन पक्राउ

alt
  • भदौ ५, २०७६
  • अपराध न्यूज

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई मोबाइलमा मेसेज पठाएर बम विस्फोट गराउने धम्की दिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जको बिर्ता हाटबजारमा पटाका पड्काएर आतंकित पार्दै आएको तीन जनाको समूहलाई पर्सा प्रहरीले चार राउन्ड गोलीसहित बिहीबार पक्राउ गरेको हो। सोही समूहले बम विस्फोट गराउने धम्की दिँदै प्रमुख जिल्ला अधिकारीलाई मेसेज गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा फुलहसन अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी छन्। उनीहरुको साथबाट चार राउन्ड गोली र तीन थान सुतली बम बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए।

‘प्रमुख जिल्ला अधिकारीसमेतलाई एसएमस गरी पटाका पड्काएर धम्की दिनेलाई खोजी गरिरहेका थियौं,’ राठौरले भने। उनीहरूको साथबाट थ्रीनट थ्री राइफलको दुई र ७ दशमलव ६५ क्यालिभरको चाइनिज पेस्तोलको दुई गोली बरामद भएको एसपी राठौरले जानकारी दिए।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved