‘प्रहरीले १८ घण्टा डिउटी गर्नुपर्ने बाध्यता छ’

alt
  • श्रावण २१, २०७६
  • मनोज भुजेल

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा डेढ महिना अघिमात्र हाजिर भएका डिआईजी हुन ठाकुर प्रसाद ज्ञवाली । हालका आईजिपी सर्वेन्द्र खनालका ‘ब्याचमेट’ (बैकल्पीक तर्फबाट) उनि अब बन्ने आईजिपीका पक्का दाबेदार जस्तै हुन् ।

प्रहरीको बिशेष युनिट केन्द्रिय अनुसन्धान ब्यूरोमा समेत लामो समय काम गरेका ज्ञवाली एसएसपी हुँदा आईजिपीको सचिवालयमा उत्कृष्ट काम गरेका थिए ।

एसपी हुदा झापा बसेका ठाकुर पूर्वको प्राय सबै जिल्लाको सुरक्षा चुनौती प्रति ज्ञात पनि छन् । सरल स्वभावका ठाकुर व्यक्ति भन्दा पनि संगठनमा बिश्वास राख्ने अफिसर हुन । उनै डिआईजीसँग अपराध न्यूजले उनको कार्य कक्षमा गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

प्रदेश १ को शान्ति सुरक्षाको पछिल्लो अवस्था कस्तो छ ?

म आएको डेढ महिना मात्र भयो । डिआईजी परिवर्तन हुदैमा शान्ति सुरक्षामा पनि परिवर्तन हुने भने हैन । हाम्रो संगठनको काम गर्ने प्रद्धति आफ्नै हुन्छ । ‘सिस्टम्ली’ काम गर्ने हो । हिजोका दिनमा पनि प्रदेशको सुरक्षा सन्तोषजनक नै थियो अहिले पनि सन्तोषजनक र सामान्य नै छ । तर अहिले सरकारले प्रतिबन्ध लगाएको विप्लव समुहको गतिबिधिका कारण छिटफुट घटना हुने गरेका छन् । पत्र पत्रिकामा आएका खबर जस्तै चन्दाका कुरा, एनसेल टावरमा आगजनी, पहाडी भेगमा तालिमका लगायतका गतिबिधि छन् त्यस्ता कुराको सामना र प्रतिरोध गर्न हाम्रो संगठन कम्बर कसेर लागेको छ ।

यो बिचमा संखुवासभा र भोजपुरमा केही अप्रेसन भए । अप्रेसनबाट एसएलआर राइफल सहित सयौ राउण्ड गोली बरामद भए । भोजपुरमा एक जना होनाहार प्रहरी जवानलाई विप्लव समुहका कार्यकर्ताले गोली प्रहार गरी हत्या गरियो । त्यसमा उनिहरुको पनि एकजना कार्यकर्ताको मृत्यु भयो ।

हामीले विप्लव समुहका धेरै कार्यकर्तालाई पक्राउ गरेका छौ । विप्लवको गतिबिधि केही हदसम्म बढेपनि शान्ति सुरक्षाको अवस्था सामान्य छ।

विप्लव समुहको गतिबिधि बाहेक अरु चुनौती ?

म आउन साथ बाढीको कारण पिडितहरुको उद्धारमा खटिनु पर्यो । पूर्व क्षेत्रको अवस्था हेर्ने हो भने मानेभन्जेङदेखि जोगबनीसम्म खुल्ला बोर्डर एरिया छ । यो अलि चुनौती पक्ष पनि हो । क्रस बोर्डर भएर अलि नियन्त्रीत छैन ।

अर्काे हाम्रो आफ्नै जनशक्तिको कुरा पनि छ । प्रदेश १ मा जति हुनुपर्ने जनशक्ति त्यो हामीमा छैन । स्रोत साधनका कुरा पनि छन् । तर जनशक्ति र स्रोत साधन कम भयो भन्दैमा काम नगर्ने भन्ने हैन । अरु त खासै म चुनौती देख्दिन ।

तर समाजमा दिनप्रतिदिन प्रहरीको माग उच्च छ । प्रहरीको उपस्थिति भएन भनेर नागरिकहरु गुनासो पनि गर्छन । यसलाई कसरी व्यवस्थापन गर्ने त ?

२०६८ को जनगणना हेर्ने हो भने प्रदेश १ मा झण्डै ४५ लाख जनसंख्या छ । प्रहरीको कुल दरबन्दी संख्या हेर्ने हो भने साढे १० हजार मात्र छ । त्यसमा अहिले हामीसँग भएको संख्या भनेको झण्डै ९ हजार जति छ । ४ सय भन्दा बढी स्थानहरुमा अस्थाई प्रहरी पोष्ट, चौकी र बेस छन् । यसमा दरबन्दीमा भएको भन्दा एक हजार प्रहरी यहाँ परिचालन भएका छन् ।

Data प्रहरीको माग बढ्नु भनेको नागरिकको प्रहरीप्रति माया र बिश्वास बढ्नु हो । संगठनले यसलाई सकरात्मक रुपम लिएर अगाडी बढ्नु पनि पर्छ । अरु पेशामा ८ घण्टा डिउटी हुन्छ तर हाम्रो संगठनमा १८ घण्टासम्म डिउटी गर्नु पर्ने बाध्यता छ । हामीलाई अहिले प्रहरीलाई ४ दिन बिदा दिन मुस्किल हुन्छ । हाम्रो ऐन कानुन अनुसार प्रहरीले पाउनु पर्ने बिदा नपाउने र गर्नु पर्ने डिउटी बढी गर्नुपर्ने अवस्था छ ।

यसरी पनि हामीले व्यवस्थापन गरिरहेका छौ ।

अब आउदै गरेको प्रहरी समायोजनले केही सहज बनाउला ?

संघिय र प्रदेश प्रहरीको समायोजन भनेको अहिलेकै जनशक्ति बाडीने हो । नयाँ प्रहरीको उत्पादन गर्न अझै समय लाग्न सक्छ । अब प्रदेश प्रहरी र संघिय प्रहरीको अलग अलग ऐन कानुन आएर सिमाबद्ध गर्यो भने त्यतिबेला प्रदेशले तदारुक्ताको साथ आफ्नो आबश्यक पर्ने संख्या भर्ना छनौट ल्याउन सक्ला । त्यसको लागी पनि एक—दुई बर्ष लागिहाल्छ । अहिले चर्चा गरिएको जस्तो त्यति सहज भने हुन्न ।

अपराधको अवस्था कस्तो छ ?

अहिले प्रदेश १ को विकराल समस्या भनेको आत्महत्या हो । दिनको झण्डै ४ देखि ५ जनाले आत्महत्या गरेको तथ्याङक देखिन्छ । एक बर्षमा १२ सय जनाले आत्महत्या गरेका छन् । त्यो वाहेक अरु खासै अपराध देखिदैन ।

सबारी दुर्घटनाको अवस्थामा पनि घटेको हाम्रो बुझाई छ । दिनको २—३ जना सबारी दुर्घटनामा मृत्यु हुने प्रदेशमा अहिले एक जनामा झरेको छ । नयाँ आर्थिक बर्षदेखि ट्राफिक प्रहरीको सकृयता र सबारी दुर्घटना न्यूनिकरणमा प्रयोग भएका उपकरणहरुले सबारी दुर्घटनामा मानविय क्षति घटेको पाइन्छ । यस्तै दुर्घटनाको संख्या पनि घट्दै गएको हाम्रो निस्कर्ष छ ।

जघन्य अपराधका घटना भने खासै नभएको अवस्था छ ।

विप्लव समुहको कुरा गरियो । तर प्रदेश १ का पहाडी जिल्लाहरुमा उनिहरुको गतिबिधि दिनप्रतिदिन बढ्ने अवस्थामा छ । संगठन निर्माण, चन्दा आतंक र हतियार संकलनमा उनिहरु सकृय छन । संखुवासभामा त अत्याधुनिक हतियारबाट प्रहरीमाथि गोली फायर भयो । प्रदेश १ मा यो समुहलाई नियन्त्रणमा लिने तपाईको ‘स्टाटिजि’ के छ ?

यसमा हाम्रो ‘स्टाटिजि’ भन्दा पनि सरकारले नै प्रतिबन्ध लगाएको समुह हो विप्लव । यो कुनै पार्टी हैन । यो समुहले गर्ने सबै गतिबिधि गैरकानूनी छ । त्यस्ता गतिबिधि गरे हामीले नियन्त्रणमा लिन्छौ । लिइरहेको अवस्था पनि छ । उनिहरुसँग केही आधुनिक हतियार छन् भन्ने कुरा हामीले बरामद गरेको अवस्थाले पनि पुष्टि हुन्छ । मात्रै कति संख्यामा छन् भन्ने सवाल हो । जति बाहिर देखिएको छ त्यतिकै संख्यामा उनिहरुसँग हतियार छैन ।

अब लुकेर फायर गर्नका लागी धेरै चाहिदैन । यसले ‘प्रपोकाण्डा’ मात्र ‘कृएट’ गर्ने हो । विप्लव समुहले गरेका पछिल्ला गतिबिधि सिर्फ नागरिकलाई त्रासमा राख्ने शैली जस्तो छ ।

जनयुद्ध जस्तो झल्को दिने गरी हिडेको अवस्था पनि छ । यसमा अब नागरिकले प्रहरीलाई सहयोग गरे यस्ता समुह चाडै निस्तेष हुन्छ । अहिले प्रहरी पनि रात दिन यो समुह नियन्त्रणमा खटिएको छ ।

बिशेष प्रहरीको टोली ‘लङ रेञ्च पेट्रोलिङ’ र गस्तीमा खटिएको अवस्था छ । चन्दा उठाएका कुरामा भने अब चन्दा दाताहरु चुप लागेर नबस्न म आग्रह गर्छु । हामी वहाँहरुको सुरक्षाको ग्यारेन्टी गर्छ । त्यस्ता समुहले चन्दा माग गरे धम्क्याए तत्काल प्रहरीलाई खबर गर्न म भन्छु ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले ल्याएको प्रभाव ?

यो सरकारको निति तथा कार्यक्रममा पारिएको बिषय हो । यसमा बजेट पनि प्राप्त भएको अवस्था छ । प्रदेश प्रहरीले एसएसपीको नेतृत्वमा महिनामा २० वटासम्म कार्यक्रम सञ्चालन गरिरहेको छ । बिशेष त समुदाय र प्रहरीबिचको सम्बन्ध अझ प्रगाड बनाउन यो कार्यक्रम प्रभावकारी छ ।

हामी गाँउगाँउ—टोलटोलसम्म पुगेका छौ । कार्यक्रम लिएर जादा प्रहरीलाई धेरै सुचना प्राप्त भएका छन् । जसले गर्दा अपराध नियन्त्रण गर्न धेरै सहज भएको पनि छ । बिशेष गरी घरेलु हिसांमा परेका पिडितहरुले यो कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका छन् ।

यस्तै लागुऔषध तथा चेलिबेटी बेचबिखनमा पनि यसले प्रभाव पारेको हाम्रो बुझाई छ ।

प्रदेश १ मा घटेका जघन्य अपराध जस्तो सुनसरीको खुर्शिद आलम, मोरङको रिना बस्नेत, पाँचथरको ९ जनाको सामूहिक हत्या जस्ता घटनामा प्रहरीले ‘अभियुक्त’ किन प्रहरीले सार्वजनिक गरेन भन्ने नागरिकको सवाल छ नि ?

नागरिकको अपेक्षालाई हामीले अन्यथा लिनु चाही हुदैन । कतिपय अवस्थामा घटनाको अनुसन्धान गर्न समय प्रहरीले लिने गर्छ । र तत्कालै दोषी सार्वजनिक पनि गरिदैन । किन भने अनुसन्धानलाई ‘लङ ट्रम इफेक्ट’ हुन्छ । अझ भनुम अपराध बढाउन सक्छ । ‘स्ट्रोङ’ प्रमाण बिना दोषी सार्वजनिक गर्ने कुरा पनि त भएन ।

यी घटनाहरु संम्वेदनशिल छन् । संम्बेदनशिलताका आधारमा कतिबेला कति समयमा दोषी सार्वजनिक गर्ने बिषयमा प्रहरी सचेत छ ।

DD तपाई आए पश्चात प्रहरीको आन्तरिक सुद्धिदिकरणमा अभियान शुरु गर्नु भएको रहेछ ?

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अर्काे मुख्य उद्धेश्य भनेको प्रहरीको सुद्धिदिकरण र चरित्र सुधार पनि हो । यो कार्यक्रमले हामीलाई नैतिक दबाव पनि दिइरहेको अवस्था हो । कानूनको कार्यन्वयन गर्ने निकाय जब गलत गदै हिड्छ भने हामी समाजमा कसरी जान सक्छौ ? हामीले बुझ्नु पर्ने यो कुरा हो ।

प्रहरी भित्र प्रहरीले गरेको अपराधको आधारमा उनिहरुलाई कारबार्ही गर्ने हो । उदाहरणमा धरानको हिरासतमा हाम्रो दुईजना प्रहरी छन् । लागुऔषध किनबेचमा उनिहरुको संलग्नता पाइएपछि उनिहरु प्रहरीकै हिरासतमा थुनिएका छन् । जसले गल्ती गर्छ जुन स्तरको गल्ती गर्छ त्यसले त्यही स्तरको सजाय पाउनु पर्छ । यसमा कुनै ‘कम्प्रमाईज’ हुन्न ।

हामी कारबाही मात्रै गदैंनम । उनिहरुको समस्या र गुनासो पनि सुन्छौ । अहिले अख्तियारले घुसको अप्रेसन चलाइरहेको छ । गलत प्रहरी यदी भेटिए कारबाही हुनुपर्छ । यसमा हाम्रो पनि आन्तरिक छानबिन टोली छ । यो सबै भनेको हामी सच्चीनु पर्छ भन्ने हो ।

हाम्रो एउटा उखान छ नि ‘नाङलो ठटाएर हात्ती तर्साउने’ । हात्तीको छाला ‘थ्रि नट थ्र्रि’ राइफलको गोलीले छेड्दैन । तर नाङलो ठटाउदा हात्ती भाग्छ नि । भन्नुको अर्थ एकजनालाई कारबाही गर्दा संगठनका अरु सदस्य सचेत हुन्छन् ।

अन्त्यमा

हामीले नागरिकसँग माग्ने भनेको साथ र सहयोग मात्र हो । गाँउ टोल, छरछिमेकमा भएका अपराधिक कृयाकलापको सुचना प्रहरीलाई दिनुपर्छ । नागरिक बिना प्रहरीको भूमिका कमजोर छ । नागरिकको बलमा हामीले अपराध अनुसन्धान र नियन्त्रण गर्ने भएकाले नागरिक प्रति सदैव हाम्रो निष्ठा रहनेछ । किन भने हामीले गरेको कामको प्रभाव नागरिक स्तरमै जाने हो ।

र नागरिकको शान्ति सुरक्षामा प्रदेश प्रहरी सदैव सचेत रहनेछ ।

 

 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved