गत फागुन १० गते साँझ एनसेल कार्यालय ललितपुर नख्खुमा बम विस्फोटमा संलग्न नेत्रविक्रम चन्द समूहका कार्यकर्ता पक्राउ परेका छन् । घटनाको मुख्य योजनाकार भनिएका फरार ३३ वर्षीय दोर्जे भन्ने दोर्ची शेर्पालाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं गोगंबुबाट पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न चन्द समूहका ७ कार्यकर्तालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । बिहीबार पक्राउ परेका शेर्पा भोजपुर षडानन्द नगरपालिका ९ का स्थायी बासिन्दा हुन् । उनी नेकपा चन्द समूहको युवा संगठन सदस्य हुन् ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved