नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बनाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हंसपुर नगरपालिका-९ बालगंगा चोकबाट सोमबार साँझ प्रहरीले सोही नगरपालिका बस्ने ३४ वर्षीय अलिअकवर मंसुर औरही गाउँपालिका-६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुबै जनाले काठमाडौंमा नक्कली सवारी चालक अनुमतिपत्र बनाई गाउँ घरका युवासँग पैसा लिएर बिक्रीसमेत गर्दै आएका थिए।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved