अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस-७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मन प्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद भएकोमा कुमारले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका मन प्रसादको भोलिपल्ट माघ ५ गते बिहान सोही चोटका कारण मृत्यु भएको थियो ।
घटना लगत्तै फरार कुमार म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेको, करिव २ बर्षपछि भारततर्फ गएको करिब १४ वर्ष भारत बसी बुबाको मृत्यु पश्चात घर फर्केको र कास्की जिल्लाकै बिभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा उनकै घर ठेगानाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved