नेत्रविक्रम चन्द समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिबार राति पक्राउ गरेकाे छ । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेकाे हाे ।
काँडाघारीमा लामा बसेकाे घरलाई घेरा हालेर उनलाई पक्राउ गरेकाे हाे। लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेकाे महानगरीय प्रहरी अपराध माहाशाखाका एसएसपी सहकुल थापाले बताए।
उनको साथबाट ४ वटा मोबाइल पनि बरामद भएको छ, जसको विश्लेषणमा अहिले प्रहरी अधिकृत जुटेका छन् । बयानका क्रममा उनले पार्टीको कामको सिलसिलामा आफू उपत्यकाको विभिन्न क्षेत्रमा बस्ने गरेको बताएका छन् ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved