धनगढीमा भएको बम बिस्फोटमा विप्लव समुहको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ । घाइते मध्ये राम सिंह र लक्ष्मण सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।
उनीहरूले नै बोकेर ल्याएको टिफिन बक्स विष्फोट भएको अनुसन्धानबाट खुलेको छ । ‘एक्सिडेन्ट्ली घट्ना भएको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
घटनास्थलमा ९ एमएमको चाइनिज पेस्तोल समेत भेटिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved