धनगढीको एक होटलमा विस्फोट, ५ जना घाइते

alt
  • श्रावण २, २०७६
  • अपराध न्यूज

धनगढी नगरपालिकामा एक होटलमा बिस्फोट भएको छ । बिस्फोटमा परी परी ५ जना गम्भीर घाइते भएका छन्। सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका संचालक केशव चन्दसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्।

उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार सुरु भएको छ।

प्रहरीले सिलिन्डर वा बम के विस्फोट भयो भनेर निर्क्योल गरिनसकेको बताइएको छ। तर बम हुने शंका बढी रहेको घटनास्थलमा खटिएका प्रहरीले बताएको घटनास्थलबाट सहकर्मीले फोनमा भने।

घटनास्थल प्रहरीले सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved