३० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले रानीपोखरी गाउँपालिकाको वडा नम्बर ४ बस्ने ६० वर्षीय भ्यान्टे कामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
२०४६ भदौ ३ गते लमजुङ रानीपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बुधसीको कोदोबारीमा गोरखाका वेदप्रसाद पोखरेलको हत्या गरिएको प्रहरी अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ।
गोरखा घर भएर तनहुँको तुरतुरेमा बस्दै आएका २७ वर्षीय पोखरेललाई लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको अनुसन्धानमा देखिएको थियो। हत्यामा कामीसहित ५ जनाको समूह संलग्न रहेको प्रहरीले जनाएको छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved