आईजिपी खनाल भन्छन् : ‘अपराध अनुसन्धान कठोर हुनुपर्छ’

alt
  • असार २३, २०७६
  • अपराध न्यूज

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई सोमबार पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा गर्दै उहाँले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताउनुभयो ।

नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोणहरु तल्लो तहसम्म पुर्‍याउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि संगठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । सूचना प्रविधि, बेरुजु फर्छौट लगायतका काम कारबाहीमा नेपाल प्रहरी अब्बल भई पुरस्कृत भएको चर्चा गर्दै उहाँले सूचना व्यवस्थापन लगायतका कामतर्फ ध्यान दिई प्रहरीका सकारात्मक कामलाई प्रकाश पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

माता उतार्ने भन्दै ब ...

उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका पानीट्याङकी निवासी एक वन झाँक्री बलात्कार आरोपमा ...

मोरङ प्रहरीले शङ्कास ...

मोरङ प्रहरीले विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधी र यस वर्ष हुन सक्ने सम्भावित घटनाको विश्लेष ...

छोरीलाई गोली हान्ने ...

ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved