सर्लाही जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। उक्त वडाका वडाध्यक्ष नागेन्द्र पाख्रिनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ। प्रहरीले हत्यामा संलग्न हुनसक्ने आशंकामा परियारकी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ।
शनिबार रातिकै घटना भए पनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आइतबार मात्र जानकारी पाएको हो।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved