त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि विमानस्थल प्रहरीले आफ्नो काम अघि सारेको छ।
अनियमितता, तस्करी तथा कर्मचारीको व्यवहारको आलोचना भइरहेका बेला विमानस्थलको सुरक्षाको जिम्मा लिएको महानगरीय विमानस्थल प्रहरी कार्यालयले सुधारका काम अगाडि बढाएको हो।
विमानस्थल प्रहरीले विदेशी पर्यटकलाई सहज संवादको लागि अंग्रेजी भाषा र शिष्ट व्यवहार प्रदान गर्न प्रशिक्षण सम्पन्न गरेको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, कुकुर शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरीलगायतका प्रहरी कर्मचारीहरूलाई पनि प्रशिक्षण दिइएको एसएसपी सन्दीप भण्डारीले जानकारी दिए।
सभ्य, शिष्ट र नम्र व्यवहार गरी यात्रु सेवामैत्री बनाई स्मार्ट प्रहरीको रूपमा छवि उच्च राख्ने उद्धेश्यले प्रशिक्षण सञ्चालन गरिएको विमानस्थल प्रहरीले जनाएको छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved