जिल्ला प्रहरी कार्यालय चितवनले २६ थान मोटरसाइल सहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाहरुमा भरतपुर–२१ का २१ वर्षीय रोहित श्रेष्ठ, बारा कलैयाका १९ वर्षीय कृष्ण साह, कलैया–३ का १८ वर्षीय महावीर चौधरी र १४ वर्षीय भारतीय नागरिक राजा कुमार रहेका छन् ।
प्रहरीले शारदानगरस्थित रोहित मोटर साईकल वर्कशपमा छापामारी विभिन्न कम्पनीका २६ वटा मोटरसाईकल, ईन्जिन नभएको च्यासिस ८ थान, ईन्जिनको ढिक्का ६ थान, मेटिएको च्यासिस ३ थान, ईन्जिन २ थान, मोटरसाइकलको बिलबुक ५३ थान, एक बोरा सादा नम्बर प्लेटहरु बरामद गरेको थियो ।
बरामद गरिएका सामाग्रीहरु नेपाल र भारतमा चोरी भएका मोटरसाइकलहरु बेचबिखन तथा पाटपुर्जा परिवर्तन गर्ने कार्य गर्ने गरेको प्रहरीले जनाएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved