सर्लाहीमा प्रहरी र विप्लव समुह बीच गोली हानाहान, जिल्ला इञ्चार्जको मृत्यु

alt
  • असार ५, २०७६
  • अपराध न्यूज

सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । पौडेलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट लखनदेही जंगलहुँदै सिन्धुलीतर्फ दुईवटा मोटरसाइलमा सवार भएर गइरहेका ४ जनालाई प्रहरी रोक्न खोज्दा झडप भएको हो।

उनीहरुले प्रहरी माथि गोली चलाउन थालेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको उनले दाबी गरे। विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको छ ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved