हत्या गरी १३ वर्षदेखि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । तानसेन १२ बौघा पोखराथोकका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराइलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
स्याङ्जाको साविक जगत्रदेवी २, बस्ने २४ वर्षका राजु न्यौपानेको हत्यामा संलग्न रहेको र पुनरावेदन अदालतले १९ वर्ष जेल सजाय तोकेपछि फरार भएका भट्टराइलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । २ भदौ २०६४ मा भट्टराईसहित दुई जना मिलेर न्यौपानेको धारिलो हतियार प्रयोग गरी साविक दोभान गाविस ५ कदमबासमा हत्या गरेका थिए ।
हत्या पश्चात पक्राउ परेका भट्टराइलाई जिल्ला अदालत पाल्पाले निर्दाेष ठहर गर्दै थुनामुक्त गरेको थियो तर पुनरावेदन अदालतले पुन दोषी ठहर गरेको थियो । भट्टराइ १३ वर्षदेखि भारतमा लुकीछिपी बस्दै आएका थिए । उनलाई नेपाल आएको बेलामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमिक्त प्रहरी प्रमूख डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।
उनलाई मंगलबार बुटवलबाट पक्राउ गरिएको हो ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved