चिरपटले हानेर छोराले बुबाको हत्या गरेका छन्। अछामको चौरपाटी गाउँपालिका– ५ लुंग्रामा ५६ वर्षे मीने ढोलीलाई जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका हुन्।
बुधबार राती विवाद भएपछि चिरपटले लागेर ढोलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक ढोलीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीका अनुसार हत्या गर्ने प्रेमलाई प्रहरीले नियन्त्रण लिएको छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved