ह्यामरले हानेर बाबुले गरे छोराको हत्या

alt
  • बैशाख ११, २०७६
  • अपराध न्यूज

दोलखा जिल्लाको शैलुङगेश्वर गाउँमा बाबुले छोराको हत्या गरेका छन्। शैलुङ गाउँपालिका ४ बस्ने २२ बर्से वेदबहादुर केसीलाई उनकै बाबु चुडाबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरीका इन्सपेक्टर रेसम बोहोराका अनुसार मृतक वेदबहादुर बिरामी रहेको र जताततै दिसा पिसाब गरेर फोहोर गर्दै हिँड्ने साथै २ गतेको उक्त दिन समेत घरमा फोहोर गरेपछि आवेशमा आएका बाबु चुडाबहादुरले ह्यामरले हानेर छोराको हत्या गरेका थिए।

टाउकोमा ह्यामरको चोट लगतै सख्त घाइते भएका केसीको घटनास्थलमै मृत्यु भएको र उनको शव ब्ल्यांकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फालिएको बयान प्रहरीसामु बाबु चुडाबहादुरले दिएका छन्।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved