भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा संलग्नहरूको खोजीमा नेपाल आएको उत्तर प्रदेश प्रहरीले नेपालमा एक जनालाई पक्राउ गरेको छ । उत्तर प्रदेश प्रहरीको एसटीएफ अर्थात् स्पेसल टाक्स फोर्सको टिमले कपिलवस्तुबाट कंयुम अन्सारी नाम गरेका व्यक्तिलाई पक्राउ गरेर भारत लगेको छ ।
ती व्यक्तिलाई बिहीबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । पक्राउ परेका व्यक्तिले उमेश पाल हत्याकाण्डमा संलग्न सुटरहरुलाई केही दिन आफ्नो घरमा शरण दिइएको बताइएको छ । सोही आधारमा उनलाई पक्राउ गरिएको हो । अन्सारीलाई अज्ञात व्यक्तिहरूले अपहरण गरेको भनेर उनका आफन्तले प्रहरीमा निवेदन दिइएपछि प्रहरीले उक्त व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेर भारततर्फ लगेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
यद्धपी अन्सारी नाम गरेका व्यक्ति पक्राउ गरेको विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले केही बोल्न चाहेन ।
सम्बन्धित समाचार :
भिडियो
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved