सुटर खोज्न भारत यूपी प्रहरीको एसटीएफ नेपालमा !

alt
  • फाल्गुन २५, २०७९
  • अपराध न्यूज

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एसटीएफ अर्थात् उत्तर प्रदेश प्रहरीको ‘स्पेसल टाक्स फोर्स’ को टिम उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा संलग्नहरूको खोजीमा नेपाल आएको हो । इन्स्पेक्टरको कमाण्डमा आएको ११ सदस्य एसटीएफको टिमले नेपाल प्रहरीको समन्वयमा उमेश पाल हत्याकाण्डमा संलग्न ३ जना अपराधीको खोजी गरिरहेको छ ।

हत्याकाण्डपछि मुख्य अभियुक्त मानिएका असद, गुण्डु मुस्लिम र गुलाम नाम गरेका अपराधीहरू नेपाल प्रवेश गरेको सूचना यूपी प्रहरीलाई प्राप्त गरेको थियो । असदले नेपालको लोकेसनबाट आफ्ना पन्जाबमा रहेका साथीहरूलाई कल गरेको आधारमा उनीहरूलाई पछ्याउदै एसटीएफको टोली नेपाल आएको भारतीय समाचारहरूमा उल्लेख गरेका छन् । तर नेपालमा उनीहरू कुन ठाउँमा लुकेका छन् भन्ने विषय गोप्य राखिएको छ । यो टिम गत आइतबार नेपाल आएको बताइएको छ ।

उमेश पाल हत्याकाण्डमा गोली चलाउने तिन जना नेपालमा रहेको सूचना पछि यूपी प्रहरीको विशेष टिमले उनीहरूलाई पक्राउ गर्छ वा इन्काउन्टर गर्छ भन्ने विषय अन्योल छ । किन भने अहिलेसम्म यो हत्याकाण्डमा संलग्न दुई जनालाई यूपी एसटीएफले इन्काउन्टर गरिसकेको छ ।

यद्धपी अन्तरदेशिय कानुन फरक भएकाले उनीहरू नेपाली भूमिमा नै पक्राउ परेको खण्डमा उनीहरूलाई नेपालको कानुन अनुसार भारतलाई जिम्मा लगाइने छ । 

युपी सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले यो हत्याकाण्डमा संलग्न जो कोहीलाई माटोमा मिलाइदिने उद्घोष गरेका छन् । अर्थात् यो हत्याकाण्डमा संलग्न अपराधीहरूको इन्काउन्टर गर्न युपी प्रहरीलाई मुख्यमन्त्रीले स्पष्ट निर्देशन दिएका छन् ।

यो घटनामा अहिलेसम्म विजय उर्फ अस्मान चौधरी र अरवाज नाम गरेका दुई जनालाई यूपी प्रहरीले इन्काउन्टर गरिसकेको छ ।

Usman_2In विजय त्यही सुटर हुन जसले उमेश पाल र उनका प्रहरी बडीगार्डमाथि पहिलो गोली चलाएका थिए । सुरुमा उनले उमेशका प्रहरी बडीगार्डमाथि गोली फायर गर्छन् र पछि उमेशमाथि गोली चलाउँछन् । यो घटनामा यूपी प्रहरीका ती बडीगार्डको समेत मृत्यु भएको छ । अर्को एक प्रहरी घाइते छन् ।

सिसिटिभीमा देखिएको यो भिडियोमा उमेश पालको हत्याकाण्डमा ६ जनाको संलग्न भएको जनाइएको छ । जसमा दुईजनाको इन्काउन्टर भइसकेको छ ।

के हो उमेश पाल हत्याकाण्ड ?

अहिले उत्तर प्रदेशमा यो हत्याकाण्ड निकै चर्चित र त्यहाँको सरकारको लागि गम्भीर विषय बनेको छ । उमेश पाल हत्याकाण्डमा मुख्य योजनाकार अतिक अहमद भनिएको छ । र उनका दुई छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । यूपी सरकारलाई हल्लाउने यो हत्याकाण्डमा अतिक अहमद र उमेश पालबिचको त्यस्तो के भयो र विधायक राजु पालको कारण यो घटना कसरी हुन पुग्यो ? यो बुझ्न जरुरी छ ।

सन् २००४ मा राजु पालले त्यस समयमा विधायक अतिक अहमदलाई राजनीतिक रूपमा कडा चुनौती दिएका थिए । त्यस समय खाली रहेको विधान सभाको उप-निर्वाचनमा अतिकका भाइ खालिद अर्जिन असरफलाई राम्रो मतले राजु पालले पराजित गरे । तर तर राजनीतिक रूपमा छिटो उदाएका राजु पालको २००६ को २६ ज्यानवरीमा गोली हानि हत्या हुन्छ । घटना पश्चात् प्रहरी र सिबिआईले तत्कालीन विधायक अतिक र उनका भाइ असरफसहित १० जनामाथि मुद्दा दायर भएको थियो ।

राजु पालको हत्यापछि अतिक विरुद्ध उमेश पालले आन्दोलन छेड्छन् । राजु पाल र उमेश अत्यन्त मिल्ने साथी हुन । उमेशले लगातार अतिक विरुद्ध राजनीतिक प्रतिसोध साध्न थालेका थिए । उमेश एक मात्र कडी थिए जो अतिकले नै राजु पालको हत्याकाण्ड गराउन योजना बनाएको भनेर अदालतमा साक्षी बसेका थिए । तर यूपीमा सन् २००७ तिर सत्ता बदलियो र राजु पालको हत्या योजना बनाउने अतिक र उनका सबै सदस्यलाई अदालतले क्लिन चिट दियो । अतिक जेलबाट बाहिर आएपछि उमेशले अतिकलाई कल गरेर हत्या गरिदिन्छु भन्ने धम्की दिए । त्यसपछि अतिकले उमेशलाई अपहरण समेत गरेका थिए ।

सन् २०२२ मा योगी अदित्यानाथको सरकार आएपछि उमेशले अतिक र उनका समूह विरुद्ध फेरी अपहरण र ज्यान मार्ने सम्बन्धी अदालतमा निवेदन दिएका थिए । त्यसको फैसला यही अप्रिलमा आउने मिति तोकिएको थियो ।

र यही कारणले अतिकको योजनामा उमेश पालको गत फ्रेब्ररी २४ मा गोली हानि हत्या गरिएको बताइन्छ । उमेश पालको हत्याकाण्डमा योजनाकार भनिएका अतिक अहमद यति बेला गुजरातको सागरमती जेलमा छन् ।

अतिकमाथि यूपीमा एक सय भन्दा बढी अपराधीक घटनाको मुद्दा छ । रोचक बिषय त अतिकको मुद्दामा अहिलेसम्म १० जना न्यायाधीशले फैसला नसुनाई अर्को अदालतमा सरुवा गइसकेका छन् । उनिसँग न्यायाधीश मात्र हैन कुनै बेला प्रहरी समेत डराउँथे ।

अहिले उत्तर प्रदेशमा माफिया र गुण्डागर्दी विरुद्ध कडा प्रस्तुत भएका मुख्यमन्त्री योगी आदित्यनाथले उमेश पाल हत्याकाण्डमा कडा एक्सन लिने सङ्केत देखाइसकेका छन् ।

दुई जनाको इन्काउन्टर गरिसकेको यूपी प्रहरीले प्रदेश भरी रहेका सुटर र अपराधीक क्रियाकलाप गर्ने अपराधीहरूलाई धमाधम पक्राउ समेत गदैछ । योगी सरकारले प्रदेशमा भइरहेको माफियातन्त्र र गुण्डागर्दी अन्त्य गर्न थालेको अभियानलाई यूपी प्रदेशका धेरै नागरिकहरूले साथ समेत दिएका छन् ।

यो अभियान निरन्तरता हुनु पर्ने र भयरहित उत्तर प्रदेश बनाउन योगी सरकारलाई हौसला समेत पाइरहेका छन् ।

 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

बुलेट बाइक मात्र चोर ...

इटहरी बजार क्षेत्रबाट पछिल्लो केही महिना यता बाइक चोरीका घटनामा वृद्धि भइरहेको थियो । व्यस्त बजारको ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved