इलाका प्रहरी कार्यालय धरानमा पनि सरुवा भएर आएका नयाँ डिएसपी नवराज मल्लले सोमबार आफ्नो कार्यभार सम्हालेका छन् । विभागीय सरुवा नियमित प्रक्रिया भए पनि उनले सोमबार कार्यभार सम्हाल्न कार्यालय भित्र प्रवेश गर्दा प्रहरी भित्रको एउटा पुरानो बेतिथिलाई ‘पोइन्ट आउट’ गरे ।
मल्ललाई स्वागत गर्न फुलका गुच्छा लिएर बसेका धरान प्रहरी मातहतका अफिसरहरू र जवानहरू व्यवस्थित लाइनमा उभिएका थिए । पहिलो सलामी लिएर डिएसपी मल्ल प्रहरी अधिकृतहरूसँग परिचय गर्न अघि बढ्छन् । सुरुमा दुई प्रहरी निरीक्षकले उनलाई स्वागत र परिचय दिन्छन् । प्रहरी निरीक्षकले स्वागत गरेपछि डिएसपी मल्ल प्रहरी वरिष्ठ नायब निरीक्षक तर्फ अघि बढ्छन् ।
उनले प्रश्न गर्छन् : तपाई सुबेदार मेजर हो ? सिनियर सुबेदार मेजर साँव कति भयो जागिर ? सुबेदार मेजरले जवाफ फर्काउँछन् : १९ वर्ष भयो सर !
मल्ल फेरी प्रश्न गर्छन् यहाँ धरानमा बस्नु भएको कति वर्ष भयो ? जवाफ आउँछ : ५/६ महिना भयो !
दरबन्दी कहाँ हो नि ? इलाम सर ! इलाम कहाँ ? मङ्गलवारे सर !
त्यसपछि कलि कडा प्रश्न गदै डिएसपीले सुबेदार मेजरलाई प्रश्न गर्छन् : अनि किन यहाँ बसेको ?
सुबेदार मेजर अक्क न बक्क हुँदै जवाफ विहीन बन्छन् । त्यसपछि क्रमशः मल्ल अन्य विभागीय अफिसरहरू र जवानसँग परिचय गर्न थाल्छन् । डिएसपी मल्ले ती सुबेदार मेजरलाई गरेको प्रश्नले प्रहरी भित्र रोगको रूपमा बनेको काजमा बस्ने प्रवृत्तिको अवस्थालाई उजागर गरेको थियो ।
दरबन्दी एकातिर काज बस्ने अर्का तिर प्रहरीको लागि पुरानो रोग भए पनि यसको उपचार गर्न धेरै कम प्रहरी अधिकृतले प्रयास गरे पनि यो निदान हुन नसकेको विषय छ । मल्लले जुन रूपमा वरिष्ठ सईलाई प्रहरी आचारसंहिता भित्रको जायज प्रश्न गरे त्यसको प्रभाव के हुने भन्ने जिज्ञासा स्वयम धरान प्रहरीलाई लागेको छ ।
किन भने प्रहरीको सुबेदार मेजरको जिम्मेवारी नै प्रहरीहरूलाई डिउटी अरन खटन गर्नेदेखि अनुशासनको मर्यादामा राख्ने हो । त्यस अलावा सुबेदार मेजरकै सिफारिसबाट मातहत प्रहरी कार्यालयहरूमा कसलाई कहाँ ल्याउने लैजाने भनेर कार्यालय प्रमुखले लिखित आदेश दिइन्छ ।
धरानमा त यतिसम्म की विगत लामो वर्षदेखि ‘सोर्सफोर्स’ लगाएर धरानबाटै अवकाश पाउने छाँटमा केही प्रहरी पनि छन् । एक बर्षभन्दा बढी एकै ठाउँमा जो कोही प्रहरी बस्दा उसको आचरण खराब हुन सक्ने स्वयम प्रहरी सङ्गठनले औल्याउदै आएको छ । र यो प्रहरी आचारसंहिताको खिलाफ मानिन्छ ।
‘विभागीय निर्देशन अटेर गर्ने खालका प्रवृत्ति धरानमा भेटिए अवश्य त्यसलाई करेक्सन गर्न सकिन्छ’ डिएसपी मल्लले यसै प्रसङ्गमा अपराध न्यूजसँग कुरा गदै भनेका छन् : ‘म सोमबार मात्र हाजिर भए । काजमा बस्ने प्रहरीहरू खोज्दै जाँदा भेटिँदै गए भने म करेक्सन गर्छु।’ ‘गलत नियत राखेर यदि प्रहरी काजमा बसेका छन् भने हामी कारबाही गछौै’ मल्ल भन्छन् ।
धरानको मात्र यो समस्या भने हैन । हरेक प्रहरी कार्यालयहरूमा यो प्रवृत्ति हुने र यसको निदान हुन अति आवश्यक रहेको प्रहरी कर्मचारीहरुको माग छ ।
भिडियो लिंक । https://www.youtube.com/watch?v=PIX9XuAshGw
सम्बन्धित समाचार :
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved