आयोजकले टिकटमा झुक्याएपछि खेसारीलाल बोलाइएको बर्जु महोत्सवमा फेरी झडप

alt
  • माघ ३, २०७९
  • अपराध न्यूज

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ जना दर्शक र ३ प्रहरी घाइते भएका छन् । आयोजक बर्जु सामुदायिक विकास केन्द्रले खेसारीलाल आउने कार्यक्रमको लागि सय रुपैयाँ मात्र टिकट लिने उद्घोष गरेको थियो ।

तर आयोजकले प्रति व्यक्ति पाँच सय रुपैयाँको दरले टिकट काटेपछि दर्शकहरूले विरोध गरेका थिए । विरोध गर्ने क्रममा आयोजकका केही व्यक्तिले स्थानीय युवाहरूमाथि कुटपिट गरेपछि झडपको स्थिति भएको थियो । त्यस क्रममा ४ जना स्थानीय दर्शक घाइते भएका थिए । स्थानीयहरूका अनुसार घाइतेहरूको सङ्ख्या बढी हुने दाबी गरेका छन् ।

खेसारीलाल यादवको कार्यक्रम हेर्न आएका हजारौँको दर्शकहरूको भिडले आयोजकले झुक्याएको भन्दै तोडफोड गर्ने प्रयास गरेका थिए । तोडफोडको स्थित उत्पन्न भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा पनि प्रहरी र दर्शकहरू बिच दोहोरो झडप भएको थियो ।

झडपमा ३ जना प्रहरी घाइते छन् । अघिल्लो वर्षाको तेस्रो बर्जु महोत्सवमा आयोजकले मनपरी रकम असुलेपछि आक्रोशित भिडले सवारी साधनमा आगजनी तथा महोत्सव स्थलमा तोडफोड गरेका थिए । अघिल्लो वर्षको घटनालाई मध्यनजर गरेर आयोजक र कलाकार खेसारीलाल यादवबिच सय रुपैयाँ मात्र टिकट राख्ने सहमति भएको थियो ।

तर आयोजकले फेरी दर्शकहरूलाई झुक्याउदै पाँच सय रुपैयाँको टिकट बिक्री गरेको थियो । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले टिकट काट्ने विषयमा ढुंगामुढा भएपछि झडप हुँदा दुई जना स्थानीय र ३ प्रहरी घाइते भएको जानकारी दिए । घटनामा हुल हुज्जत गर्ने केही दर्शकहरूलाई नियन्त्रणमा लिएको समेत उनले बताए ।

Gahite (2)

यसरी भयो घटना ?

भोजपुरी कलाकार खेसारीलाल यादव आफ्नो प्रस्तुति १२ बजेबाट सुरु गरेका थिए । उनलाई हेर्न आउनेहरूको सङ्ख्या बाहिर गेटमा अत्याधिक बढेको थियो । स्टेजमै खेसारीलालले आयोजकले सम्झौता विपरित टिकट काटेको थाहा पाएपछि आयोजकलाई त्यस्तो नगर्न भनेका थिए । दर्शकहरूको भिड झन् बढेपछि आयोजकलाई निःशुल्क प्रवेश गराउन उनले माइक मार्फत भने ।

झन्डै ५ हजारको सङ्ख्यामा रहेका दर्शकहरूले महोत्सव स्थल छिर्न खोजेपछि आयोजक तर्फका स्वयमसेवकहरुले भिडमाथि जथाभाबी लाठी प्रहार गरेका थिए । सोही कारण आक्रोशित बनेका दर्शकहरूले तार घेरा ताड्ने प्रयास गरेको प्रत्यक्षदर्शी जुगेश बाबु पण्डितले अपराध न्यूजलाई बताए ।

अघिल्लो वर्ष जस्तै आयोजकले टिकटमा दर्शकलाई झुक्काएपछि झडपको स्थिति बनेको उनको भनाई छ । सुरुमा आयोजकले बाहिर भेला भएका दर्शकहरूमाथि लाठी प्रहार गरेपछि माहौल उग्र बनेको थियो । झडपले उग्र रूप लिन थालेपछि प्रहरीले कलाकार यादवलाई कार्यक्रम स्थलबाट सुरक्षित स्थानमा लग्न बाध्य भएको जनाइएको छ ।

Gahite (1)

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved