के छ क्रसर सञ्चालनको मापदण्ड ?

alt
  • पुस २९, २०७९
  • अपराध न्यूज

क्रसरसम्बन्धी मापदण्ड पटक–पटक संशोधन भए पनि यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले ०७७ मा यो क्षेत्रलाई व्यवस्थित गर्न भन्दै ‘ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड’ ल्यायो । त्यो व्यावहारिक नभएको भन्दै व्यवसायीको दबाबमा असारमा संशोधन गर्‍यो । त्यो पनि कार्यान्वयन गर्न सकिएको छैन ।

यसका लागि तराई र पहाडमा फरक–फरक मापदण्ड छन् । खानी तथा क्रसर सञ्चालन गर्दा तराईमा राजमार्ग, पुल, खोला वा नदी किनारबाट पाँच सय मिटर र पहाडमा राजमार्ग र खोलाको दुई सय मिटर तथा पुलको हकमा पाँच सय मिटरको दूरीमा हुनुपर्ने प्रावधान छ । त्यस्तै, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थानबाट तथा सुरक्षा निकायबाट तराईको हकमा एक किलोमिटर र पहाडमा पाँच सय मिटर टाढाको मापदण्ड छ । निकुञ्ज र आरक्षबाट दुई किलोमिटर, बस्तीको हकमा पहाडमा पाँच सय मिटर र तराईमा एक किलोमिटरको प्रावधान छ ।

त्यस्तै, सिमसारबाट एक किलोमिटर, चुरे पहाडबाट डेढ किलोमिटर दूरीमा मात्र सञ्चालन गर्न पाइन्छ । तर, खानीभित्र सञ्चालित क्रसरको हकमा यी नियम लागू नहुने भनेर गत असारमा संशोधन गरिएको छ । यद्यपि, अवैध रहेको अवस्था रोक्ने अधिकार भने उनीहरूलाई सरकारले दिएको छ । 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved