गृहमन्त्री लामिछानेले लगाए सशस्त्र प्रहरीलाई भेटघाटमा लगाम

alt
  • पुस १७, २०७९
  • अपराध न्यूज

सशस्त्र प्रहरी बल (एपीएफ) ले मातहत सुरक्षाकर्मीले पूर्वस्वीकृतिबेगर कूटनीतिक र राजनीतिक भेटघाट गर्न र पूर्वअनुमति नलिई सञ्चारमाध्यममा प्रतिक्रिया दिन नपाउने गरी ‘स्थायी आदेश’ जारी गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहत सुरक्षाकर्मीका विभिन्न भेटघाट र आचरणमा लगाम लगाउँदै भेट्नैपरे पूर्वस्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्थासहित स्थायी आदेश जारी गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेलगत्तै दुवै सुरक्षा निकायलाई पूर्वस्वीकृतिबेगर कूटनीतिक र राजनीतिक भेटघाट नगर्न निर्देशन दिएका थिए । त्यसपछि सशस्त्रले स्थायी आदेश जारी गर्दै सरुवा/बढुवा र स्वार्थपूर्तिका लागि हुने अनियन्त्रित र अपारदर्शी भेटघाटमा लगाम लगाएको हो ।

सशस्त्र प्रहरी सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले आफूखुसी भेटघाट गर्ने प्रवृत्तिलाई रोक्न आदेश जारी भएको बताए । कुनै भेटघाट गर्नैपर्ने भएमा पूर्वस्वीकृति लिनुपर्नेछ । सशस्त्र प्रहरी कर्मचारीले सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्नेछ ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved