सीमा क्षेत्रमा हुने तस्करी र भन्सार छली कडाइका साथ नियन्त्रण गर्न विशेष कार्य योजना बनाउन गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालको भ्रमणपछि प्रहरीलाई निर्देशन दिँदै लामिछानेले सीमा क्षेत्रमा लामो समयदेखि हुँदै आएको अनियमितता र गैर कानुनी कार्य रोक्न नेपाल प्रहरीका आइजिपी धिरजप्रताप सिंहलाई तत्काल कार्य योजना बनाउन निर्देशन दिएका हुन् ।
रविले भनेका छन् : ‘बोर्डरमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागुऔषध उत्पादन बिक्री वितरण र सेवनलाई पूर्ण निस्तेज पार्न विशेष कार्य योजना बनाइ लागु गर्न म निर्देशन दिन्छु ।’ साथै खुल्ला सीमाबाट हुने अपराध नियन्त्रणको लागि छिमेकी देशसँग आवश्यक सहयोग लिएर काम गर्न पनि उनले निर्देशन दिए ।
साथै प्रहरीभित्र हुने भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा लागु गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिए । आर्थिक प्रलोभनमा लाग्ने प्रहरी र लगाउने हाकिम दुवैलाई कारबाहीको दायरामा ल्याउन पनि आइजिपी सिंहलाई निर्देशन दिए ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved