नेतालाई भेट्दा स्वीकृति लिन सुरक्षा अधिकारीलाई गृहको निर्देशन

alt
  • पुस १४, २०७९
  • अपराध न्यूज

गृह मन्त्रालयले बिहीबार सुरक्षा अधिकारीका लागि परिपत्र जारी गरी कूटनीतिज्ञ र दलका नेताहरूलाई भेट्नुअघि स्वीकृति लिन निर्देशन दिएको हो। यसका लागि स्वीकृति लिंदा पनि भेटघाटको प्रयोजन खुलाउन भनिएको छ।

गृहको पत्रमा भनिएको छ, ‘कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ।’

मन्त्रालयका प्रवक्ता फणिन्द्रमिण पोखरेलले विज्ञप्ति जारी गरी सुरक्षा अधिकारीहरूले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक दलका नेतासँग भेटघाट गर्ने गरेको पाइएको उल्लेख छ। अबदेखि स्वीकृति विना भेटघाट गर्ने सुरक्षा अधिकारीलाई कानून बमोजिम अनुशासनको कारबाही हुने पनि गृहले जनाएको छ।

home afairs

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved