इटहरीमा ६ जनाको हत्या भएको झुटो खबर फैलिएपछि...

alt
  • मंसिर २१, २०७९
  • अपराध न्यूज

‘इटहरी रकर्स’ नाम गरेको फेसबुक ग्रुपमा बुधवार बिहान इटहरीमा एकै परिवारको ६ जना हत्या भएको भन्दै रञ्जित झा नाम गरेका युवकले स्ट्याटस पोस्ट गरे । झाले मधेसी मोर्चाले हत्या गरेको र उनीहरूको बदला लिनु पर्ने भनेर स्ट्याटसमा उल्लेख गरेका छन् । साथै हत्या भएका ६ जनाको नाम समेत लेखेका छन् ।

हत्या जस्तो शंम्वेदनसिल विषय ग्रुपमा पोस्ट भएपछि इटहरीमा स्वाभाविक रूपमा चासो हुन थाल्यो । सञ्चारकर्मीदेखि प्रहरीलाई यो विषय के हो भनेर लगातार कल आउन थाल्यो । सञ्चारकर्मीले पनि स्ट्याटसको विषयलाई लिएर प्रहरीलाई जिज्ञासा राख्नु सामान्य थियो । तर प्रहरीले पछिल्लो २४ घण्टामा इटहरीमा कुनै पनि जघन्य घटना नभएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले स्पष्ट पारिदिएका छन् । डिएसपी खड्कालाई यही विषयलाई लिएर बिहान धेरै जनाको कल गरेका थिए । जवाफ फर्काेउदा फर्काेउदा उनी हैरान देखिन्थे ।

‘बिहानदेखि मलाई ६ जनाको हत्या भयो रे इटहरीमा भनेर कल आइरहेको छ’ उनले भने ‘हामी आश्चर्यमा छौ, यो अनावश्यक हल्ला कसरी फैलियो ?’ अतिरञ्जित हल्ला फैलिएपछि हामीले अहिले पोस्ट हाल्ने व्यक्ति रञ्जित झालाई खोज्दै छौ’ उनले अपराध न्युजसँग भने । ‘यसरी गलत हल्ला फैल्याउनेलाई हामी कानुनी कारबाही गछौ’ खड्काले अपराध न्युजलाई भने ।

इलाका प्रहरी कार्यालय इटहरीले उक्त पोस्ट गर्ने व्यक्ति र ग्रुपका विषयमा अनुसन्धान थालेको छ । अहिले भने उक्त पोस्ट ग्रुपबाट डिलिट भइसकेको छ ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved