इटहरीमा घरको ताल्चा फोडेर चोरी

alt
  • मंसिर ६, २०७९
  • अपराध न्यूज

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय शान्ता राईको घरको ताल्चा फोडेर चोरी भएको पीडितले जनाएका छन् ।

राई घरमा नभएको समयमा चोरी भएको बताइएको छ । चोरीमा संलग्नले करीब दस हजार रुपैयाँ नगद चोरी गरेको पीडितले जनाएका छन् । दराज फोडेर चोरी गरेको बताइएको छ । आँफूहरू केही समय अघिदेखि इटहरी २ स्थित शान्तिनगरमा बस्दै आएकाले घटना कहिले भएको भन्ने थाहा नभएपनि गएरातिको घटना हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छिमेकीले घरको ढोका खुल्लै देखेपछि पीडित परिवार र प्रहरीलाई खबर गरेका थिए । तरहरा प्रहरी चौकीका अनुसार चोरीमा संलग्न व्यक्ति लागूऔषध कारोबारी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु

इटहरीमा ६ राउन्ड गोल ...

इटहरीबाट चाइनिज पेस्तोलसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । साँझ ७ बजे चोरीको बाइक नियन्त्रण लिने क ...

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved