सुनसरीमा मानव कङ्काल फेला

alt
  • मंसिर ३, २०७९
  • अपराध न्यूज

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, अस्थिपञ्जर र कम्मरको भागको कङ्काल भेटिएको हो । कङ्काल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार कङ्काल नजिकै कपडा समेत भेटिएको अपराध न्युजलाई जानकारी दिए ।

‘स्यालले शरीरको भाग खाए जस्तो देखिन्छ, हामीले कङ्काल र कपडा फरेन्सिक जाँचको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौ’ माझीले भने ‘फरेन्सिक रिपोट आउन साथ मृतकको पहिचान खुल्नेछ ।’ साथै प्रहरीले बेपत्ता भएकाहरूको हुलियाको आधारमा पनि कङ्कालको अनुसन्धान अघि बढाएको छ ।

कङ्काल युवतीको भएको स्थानीयले दाबी गरेका छन् । शवलाई धान खेतमा गाडेको र स्यालले शव बाहिर निकालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

यो पनि : 

भोजपुर र ताप्लेजुङमा बम भेटिएपछि प्रदेश १ मा प्रहरी आक्रामक

 

सम्बन्धित समाचारहरु

इटहरीमा ६ राउन्ड गोल ...

इटहरीबाट चाइनिज पेस्तोलसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । साँझ ७ बजे चोरीको बाइक नियन्त्रण लिने क ...

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved