भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने भनिएको उक्त सभास्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा सुमन श्रेष्ठ नाम गरेका एक व्यक्ति घाइते भएको डीएसपी शरदकुमार थापाले जानकारी दिए । घाइतेको खुट्टामा चोट लागेको छ ।
कार्यक्रममा सहभागी हुनका लागि दिउँसो ३ बजे दाहाल आउने कार्यक्रम तय भएको थियो । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved