जुवाजन्य गतिविधि गर्ने मेला महोत्सव बन्द गराउँदै सुनसरी प्रशासन

alt
  • आश्विन १०, २०७९
  • अपराध न्यूज

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाही गर्ने भएको छ । जिल्ला भित्र दसैँ तिहारको नाममा आयोजना गरिएका मेलाहरूमा जुवाजन्य खेलहरू सञ्चालन भइरहेको व्यापक गुनासो आएपछि प्रशासनले आयोजक विरुद्ध कारबाही गर्ने भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मेला सञ्चालनको स्वीकृति दिइएका आयोजकहरूलाई मेला बन्द गर्न परिपत्र जारी गर्ने बताए ।

दिइएको अनुमति बाहेकका गतिविधिहरू सञ्चालन गर्ने आयोजकहरूलाई पत्र काटेर मेला बन्द गर्ने जनाइएको छ ।

‘मेला महोत्सव भित्र रातको समयमा जुवातास तथा कानुन बमोजिम निषेधित कार्य भएका सूचना र प्रमाण आएका छन्,’ यादवले भने, ‘मङ्गलवार हामी त्यस्ता आयोजकहरूलाई परिपत्र गरेर मेला बन्द गराउनेछौ ।’

साथै मेला महोत्सव भित्र लागुऔषध कारोबार तथा उत्श्रृङ्खल गतिविधि बढेको सूचना प्रशासन कार्यालयलाई आएको समेत प्रजिअ यादवले जानकारी दिए । स्थानीय स्तरमा लागेका मेला महोत्सव भित्र गैर कानुनी गतिविधि नियन्त्रण गर्न स्थानीय सरकार समेत गम्भीर हुनुपर्ने उनको भनाई छ । सुनसरीमा अहिले दुहबी र चकरघटीमा मिनी मेला आयोजना भइरहेको छ । इटहरीमा पनि १० गतेबाट मिनी मेला आयोजना हुदैछ ।

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved