विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

alt
  • भदौ १२, २०७९
  • अपराध न्यूज

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षक पक्राउ परेका छन् । कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो । आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरूको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने पीडित छात्राहरू तथा अभिभावकहरूको आरोप छ ।

पइँकराले निकै लामो समयदेखि छात्राहरूलाई गलत व्यवहार गदै आएको बिषयमा शुक्रवार विद्यालयमा आवाज उठाएका थिए । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअले छलफल गरेर आरोपित शिक्षकलाई जोगाउन खोजेका थिए । आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित बिद्यार्थीहरु राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी अभिभावकहरू विरोधमा उत्रिएका थिए । प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो ।

घटनाको विषयमा छानबिन हुने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले अपराध न्युजलाई जानकारी दिए ।

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved