सुनसरीमा ट्रकमै तस्करी गरी ल्याउँदै गरेको मल बरामद

alt
  • भदौ ९, २०७९
  • अपराध न्यूज

सुनसरीको दुहबीबाट तस्करी गरी ल्याइएको ठुलो परिमाणको डिएपी मलसहितको ट्रक नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले दुहबी १० स्थित दुहबी-इनरुवा सडक खण्डको चरैयाबाट को १ ख ७६१९ नम्बरको ट्रकमा लोड गरी इनरुवा लैजाँदै गरिएको सय बोरा अवैध मल बरामद गरिएको हो ।

ट्रकमा मल तस्करी गर्ने सुरेन्द्र कुमार चौधरी समेत सवार थिए । तर प्रहरीले उनलाई तत्कालै छाडेको थियो । चौधरीको चन्द्र सूर्य एग्रो भेट्सको गोदामबाट उक्त मल लोड गरी इनरुवा जाँदै थियो । सूर्य एग्रो भेट्समा भारतबाट तस्करी गरी ल्याइएको मल गोदाममा भण्डारण हुने गर्छ । मोटरसाइकल (क्यारिङ) बाट उक्त गोदाममा रातको समयमा मल तस्करी गरी ल्याउँदै भण्डारण गर्ने गरिएको स्रोतको दाबी छ ।

तर चौधरीसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले भने उनलाई छाडेर ट्रक भने जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएको थियो । चालकलाई मात्र पक्राउ गरेर चौधरीलाई छाडिनु शङ्कास्पद रूपमा हेरिएको छ । दुहबीको प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिएको झन्डै डेढ घण्टापछि मात्र जिल्ला प्रहरी कार्यालय इनरुवा ल्याइएको थियो । मलसहितको ट्रक इलाका प्रहरी कार्यालय दुहबी ल्याउने तयारी गर्दै गर्दा एसपी प्रभु ढकालको आदेशमा ट्रकलाई इनरुवा लगिएको हो । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले तस्करी गरी ल्याइएको मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको अपराध न्युजसँग बताए । बरामद मल र ट्रकलाई सबै प्रक्रिया पुरा गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको बताए । ट्रकबाट ८० बोरा युरिया मल र २० बोरा डिएपी मल बरामद भएको जनाइएको छ । 

बरामद मल कसको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । साथै चोरी तस्करी नियन्त्रणको लागि नेपाल भारत सीमा नाकाहरु कडा बनाइएको अवस्थामा यति धेरै परिमाणमा मल तस्करी हुनु गम्भीर विषय भएको बताउँदै यसको पनि छानबिन हुने एसपी ढकालको भनाई छ ।

सम्बन्धित समाचार : 

तस्करीको नयाँ तरिका : हावा भरिएको ट्युबभित्र गाँजा

 

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved