इटहरीमा स्थानीयहरूको एक समूहले लागुऔषध सेवनकर्ताहरूको अखडा बनेको भन्दै बासघारीनै फडानी गरिदिएका छन् । इटहरी ५ सिमरवना स्थित घरेलु तथा साना उघोग कार्यालय नजिकै रहेको बास घारी सोही क्षेत्रका स्थानीयहरूले फडानी गरेका हुन । बास घारीमा अनैतिक गतिविधि हुनुको साथै युवाहरू भेला भएर लागुऔषध सेवन गर्ने र होहल्ला हुने कारण स्थानीयहरू आजित थिए ।
स्थानीयको समूहले उक्त बास घारीका धनीलाई धेरै पटक बास फडानी गर्न आग्रह गर्दा समेत अटेर गरेपछि बास घारी फडानी गरिएको बताइएको छ । स्थानीयको समूहले करिब सय भन्दा बढी बास काटिदिएका छन् । तर बास धनीले प्रहरीलाई फडानीको विषयमा जानकारी दिइएपछि प्रहरीले बास काट्न रोकेको छ ।
यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काका अनुसार उक्त बास घारीमा लागुऔषध सेवनकर्ताहरू लुकिछिपी जम्मा हुने गरेको आक्रोशमा स्थानीयले बास घारी काटिदिएको बताए । बास घारी काटेको विषयमा जमिन धनी र स्थानीयबिच सामान्य विवाद समेत भएको उनले बताए ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved