धरानमा रेडपान्डाको छाला डिल गर्दैगर्दा ३ जना पक्राउ

alt
  • श्रावण २७, २०७९
  • अपराध न्यूज

सुनसरीको धरानबाट रेड पाण्डाको छाला खरिद बिक्री गर्ने ३ जना पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीको सूचना र धरान प्रहरीको समन्वयमा संरक्षित रेड पाण्डाको एक थान सग्लो छालासहित ३ जानलाई धरान १६ श्याम चोकबाट बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ केरबारी ६ का रजिस राई, धरान १६ का सुदेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा ५ का निश्चल श्रेष्ठ छन् । बरामद गरेको रेड पाण्डाको छाला ३२ लाखमा डिल भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको सुनसरीका एसपी प्रभु ढकालले अपराध न्यूजलाई जानकारी दिए । 

प्रारम्भिक अनसन्धानबाट उक्त छाला संखुवासभा जिल्लाबाट बिक्री गर्न धरान ल्याएको जनाइएको छ । अनुसन्धानको क्रममा निश्चल श्रेष्ठले बरामद रेड पाण्डाको छाला संखुवासभाबाट तस्करी गरी ल्याएको र उनको यस कार्यमा प्रमुख भूमिका रहेको ढकालले जानकारी दिए । 

पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए । 

पक्राउ परेकाहरुलाई कानुनी कारबाहीको लागि भने सब डिभिजन वन कार्यालय तरहरा बुझाइने छ । 

सम्बन्धित समाचारहरु

बुहारी र नातिको कुटा ...

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरस ...

भारत खरैयाका डाक्टरल ...

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी ...

जुवाजन्य गतिविधि गर् ...

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन क ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved