सुनले भरिएको गाग्रो पाउने लोभमा छोरीलाई झाँक्रीसँग जिम्मा लगाइदिए...

alt
  • श्रावण ९, २०७९
  • अपराध न्यूज

इटहरी । मनिषको सबैभन्दा कमजोर पक्ष भनेकै लोभ अनि अन्धविश्वास हो । जब मान्छे अन्धविश्वासको जगमा लोभिन्छ, तब उसले कही न कँही खती हुन्छ । यसको एउटा दरिलो उदाहरण हो इटहरी १५ की सोनावती चौधरीको परिवार । लोभमा र अन्धविश्वास पर्दा यी चौधरी परिवारले झण्डै १५ बर्षिया छोरी सदाको लागि गुमाउनु परेन । 

अस्मिता चौधरी, कक्षा ६ मा अध्ययनरत छिन् । उनी बैशाख ३० गते आफ्नै ठुलो बुबा र एक धामी झाँक्री गर्ने युवकसँग पुजा गर्न कोशी गएकी थिइन । स्थानीय तह निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्न निषेध थियो । तर अस्मिताका बुवा पशुपति र आमा सोनावतीले उनलाई ति धामी झाँक्री गर्ने युवक तथा जेठा दाइसँग राती घरमा झाँक्री बसेको पुजा सामाग्रीलाई कोशीमा सेलाउन जान अनुमति दिएका थिए । तर अस्मितालाई त्यो दिन न कोशी लगियो, न घरनै फर्काइयो ।

त्यस दिनदेखि अस्मिता एकाएक बेपत्ता भइन । परिवारले तेस्रो दिनमा प्रहरीकहाँ खोजतलासको निवेदन दिए । अस्मितालाई कोशी लैजाने ठुलो बुबा लालु चौधरी प्रहरी पक्राउ गरेर अनुसन्धान गर्दा उनलाई धामी झाँक्री गर्ने दिनेश मण्डल नाम गरेका युवकले भारत कटाएको पाइयो । अस्मितालाई दिनेशकै योजनामा भारतको हरियाणा राज्यको अम्बाला जिल्ला पुराइएको थियो । जहाँ उनलाई एउटा सुनसान गाउँको एउटा कुखुरा फर्ममा बन्धक बनाएर राखिएको थियो । र भाग्न खोज्दा कुटपिट समेत गरियो ।

तर अस्मितालाई त्यहाँसम्म पुराउनुका उनकै परिवारको लोभ र अन्धविश्वासको कारण थियो । धामी झाँक्री गर्ने अपरिचित दिनेश मण्डल र ठुलो बुवा लालु अस्मिता बेपत्ता हुनु अघिल्लो दिन अस्मिताकै घरमा बास बसेर रातभर धामी बसेका थिए । धामी बस्ने क्रममा मण्डलले घरको जगमा सुनले भरिएको दुईवटा तामाको गाग्रो छ, त्यसलाई निकाल्न कन्या केटीलाई पुजा गर्नुपर्छ भनेपछि परिवार ति झाँकीको बहकाउमा लागेका थिए । अस्मितालाई परिवारकै सल्लाहमा झाँक्रीको साथ पठाउन राजी भएका थिए ।

तर अस्मिता यो कुरामा राजी थिइनन् । उनी घरको जगमा सुन हुनै नसक्ने अडान लिदा समेत आमाको करमा दुवैजनासँग कोशी गएकी थिइन

झाँक्री गर्ने मण्डलले भनेका थिए ‘बिहानै कोशीमा पुजा गरेर फर्किएपछि अनि घरको जग खन्ने ।’ ‘त्यसको लागि तयारी अवस्थामा बस्न’ उनले अस्मिताका बुवा आमालाई भनेका थिए । 

यता झाँक्री मण्डलले भने लोभ र अन्धविश्वासको भ्रम देखाएर अस्मितालाई भारतको बिहार राज्य छिराइसकेका थिए । बिहार राज्य छिराएको ५ दिनको बस र ट्रेनको यात्रा मार्फत अस्मितालाई हरियाणा राज्यको अम्बाला भन्ने गाउँमा पुराएका थिए । 

अस्मितालाई के उद्देश्यले भारत लगियो भन्ने यकिन जानकारी प्रहरीसँग छैन । तर कुमारी युवतीहरूलाई भारतमा बली दिइनुका साथै कोठीमा यौन व्यवसाय गर्न लैजाने अनुसन्धानले देखाउँछ । 

घटनाका मुख्य योजनाकार झाँक्री दिनेश मण्डल फरार छन् भने अस्मिताको ठूलोबुबा लालु चौधरीलाई मानव अपहरण, शरीर बन्धक तथा व्यक्ति बेपत्ता मुद्दामा अहिले पूर्वपक्षको लागि थुनामा पठाइएको छ । दिनेशमाथि विराटनगरका बिभिन्न क्षेत्रका बालिका तथा किशोरीहरूलाई समेत बेपत्ता बनाएको प्रहरीमा रेकर्ड छ ।

उनी मोरङ र सुनसरी प्रहरीको 'मष्ट वान्टेड' अपराधी हुन । 

अस्मितालाई इलाका प्रहरी कार्यालय पकली र इटहरीकी उपमेयर संगीता चौधरीको पहलमा भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उनलाई उद्धार गरेर असार ९ गते नेपाल ल्याइएको हो । 

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी सायक निरीक्षक नारायण कटुवालको नेतृत्वको टोली भारत पुगेको थियो । हाल घटनाका मुख्य योजनाकार मण्डलको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रबिन्द्र थापाले जानकारी दिए ।

‘हाम्रो र भारतीय सुरक्षाकर्मीको टोलीले भारतको अम्बाला क्षेत्रमा छापामार्दा दिनेश मण्डल त्यही थिए’ थापाले अपराध न्यूजसँग भने ‘तर सुरक्षाकर्मीको आखा छलेर मण्डल फरार भए’ । मण्डलको भारत र नेपाल दुवै देशमा खोजी भइरहेको छ ।

‘अस्मितालाई कुखुरा फर्ममा बन्धक बनाएर राखिएको थियो, फर्म क्षेत्रमा ३ वटा मात्र घर थिए । त्यस क्षेत्रमा खासै मान्छे बस्दैन थिए । उनलाई बिहान बेलुका रोटी दिइन्थ्यो बाकी समय फर्म भित्रै थुनेर राखिएको थियो ।’ भारतीय प्रहरीको अनुसन्धान गर्ने क्रममा त्यो फर्म उनको आफन्तको भएको र यस अघि पनि युवतीहरु ल्याएर राख्ने गरेको जानकारी प्राप्त भयो । मण्डलले त्यहाँ केही समय राखेर युवतीहरूलाई अन्य ठाउँमा लैजाने गरेका थिए । 

प्रहरी निरीक्षक थापाका अनुसार अस्मितालाई मण्डलले कुटपिट बाहेक खासै केही नगरेको बताए । तर उनलाई उद्धार गर्दा अस्मिताको मानसिक रुपमा त्रसित थिइन

‘अस्मिता मार्फत पनि केही सूचना प्राप्त भएको छ, हामी अत्यन्त बढी गम्भीर भएर यो केशमा अनुसन्धान गरिरहेका छौ’ उनले भने । 

अस्मिता जस्तै प्रकृतिको घटना मोरङको विराटनगर र सुनसरीका बिभिन्न स्थानमा घटिसकेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क हेर्ने हो भने पनि अघिल्लो आर्थिक वर्षमा मात्र यसरी बिभिन्न लोभ प्रलोभन देखाएर भारत कटाउन खोज्ने १३ जना महिला, बालिका तथा युवतीहरूको उद्धार गरेको छ ।

उद्धार गरेका मध्ये केही युवतीलाई यौन व्यवसायमा लगाउनेदेखि बलीको लागि समेत भारतको बिभिन्न राज्यमा पुराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बिशेष गरि भारतीय सिमा जोडिएको प्रदेश १ को सुनसरी, मोरङ, झापा र इलाममा यस्ता प्रकृतिका घटना हुने गरेको छ । र भारतीय मुलका यस्ता व्यक्तिहरु सकृय हुने गरेको अवस्था छ ।

यस्ता व्यक्तिबाट देखाइने लोभ र अन्धविश्वासमा नलाग्न र सावधानी अपनाउन समेत प्रहरी निरीक्षक थापा बताउछन् ।

 

सम्बन्धित समाचारहरु

बुहारी र नातिको कुटा ...

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरस ...

भारत खरैयाका डाक्टरल ...

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी ...

जुवाजन्य गतिविधि गर् ...

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन क ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved