इटहरीमा आफ्नै काकाले झाँक्रीसँग मिलेर बेपत्ता बनाए भतिजी

alt
  • जेठ १७, २०७९
  • अपराध न्यूज

स्थानीय तह निर्वाचन २०७९ को मतदानको दिन अर्थात बैशाख ३० सबै मत हाल्नमा व्यस्त थिए । त्यस दिन सार्वजनिक सबारी साधन समेत चल्न निषेध थियो तर निर्वाचनको चटारोको बिचमा इटहरी वडा नं. १६ मा भने एक १५ बर्षिया बालिका अस्मिता चौधरी रहस्यमय तरिकाले बेपत्ता भइन् । 

आफ्नै काका लालु चौधरीले अस्मितालाई एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोशी नदि जानुपर्छ भनेर लिएर गए, तर उनी अहिलेसम्म घर फर्किएकी छैनन् । अस्मिता त्यो दिनदेखि बेपत्ता भएपछि आफन्तहरू अहिले खोजीमा जुटेका छन् ।

अस्मितालाई काका लालु र विराटनगरका दिनेश मण्डलले बाइकमा राखेर कोशी लागेको परिवारका सदस्यलाई जानकारी छ । त्यो दिन अस्मितालाई कोशी नदी लगेपछि न घर ल्याएर नै छाडियो  न त अहिलेसम्म अवस्था पत्ता लाग्यो । 

कक्षा ६ मा अध्ययनरत अस्मिता बेपत्ता भएपछि घर परिवारका सदस्य त चिन्तित छँदैछन् । आमा सोनावती छोरी बेपत्ता भएको कुराले विक्षिप्त छिन् । काका लालु र झाँक्री दिनेशले कोशी नलगी बिचबाटै अस्मितालाई विराटनगरको शनि मन्दिर पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवैले शनि मन्दिर लगेर अस्मितालाई नजिकैको खोलामा पुजा गर्नु छ भनेर लगेको खुलेको छ ।

अस्मिता बेपत्ता भएको तीन दिनपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धकमा दुईजना विरुद्ध जाहेरी दिए । प्रहरीमा उजुरी दिएपछि अस्मिताका काका लालु र अर्का सनी मण्डल नाम गरेका दुईजना पक्राउ परे । दुवैलाई नियन्त्रणमा लिएपनि अस्मिताको अवस्थाबारे यकिन जानकारी प्रहरीसँग पनि छैन ।

अस्मितालाई दिनेशले भारत कटाएको हुन सक्ने अनुमान गरिएको छ । अहिले बेपत्ता अस्मिताका परिवार छोरीको जीवन रक्षा र खोज तलासको लागि पहल गरिदिन सबैलाई अनुनय गरिरहेका छन् । बेपत्ता भएको १८ दिन पुग्दा समेत छोरी नभेटिनुले चिन्ता बढाएको बुवा पशुपति चौधरी बताउनुहुन्छ । प्रहरी प्रशासनले समेत छोरी खोज तलासको लागि आवश्यक ध्यान नदिएको उहाँको दुखेसो छ। 

Asmita आफन्तका अनुसार अस्मिता बेपत्ता हुनुमा शंकास्पद मानिएका झाँक्री दिनेशको हात रहेको दाबी गरिएको छ । यो घटनामा प्रहरीले अहिलेसम्म दिनेशलाई पक्राउ गर्न सकेको छैन । दिनेश यस अघि पनि धामी झाँक्री गर्न आउने जाने गरेको खुलेको छ । दिनेशमाथि विराटनगरका बिभिन्न क्षेत्रका बालिका तथा किशोरीहरूलाई बेपत्ता बनाएको प्रहरीमा रेकर्ड छ ।

प्रहरीले मण्डलको विराटनगरस्थित शनि मन्दिर नजिकको बैनीको घरमा अस्मिताको पाउजु समेत बरामद गरेको छ । प्रहरीले दिनेशको आमा र बैनीलाई समेत नियन्त्रणमा लिएर छाडेको छ । अस्मिता बेपत्ता हुनुमा दिनेशको पूर्ण संलग्नता रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । तर प्रहरी अस्मिताको खोज तलासमा गम्भीर नभएको अस्मिताका आफन्तहरुले आरोप लगाइरहेका छन् ।

बेपत्ता अस्मिताको घर नवनिर्वाचित इटहरी उपमहानगरपालिकाकी उपमेयर सगीता चौधरीको नजिक छ । अस्मिताको खोज तलासको लागि उपमेयरले समेत प्रहरी प्रशासनलाई दबाब दिइरहनु भएको स्थानीय शिवनारायण चौधरी बताउनुहुन्छ । 

अस्मिता बेपत्ता भएको घटना अहिलेसम्म गाउँमै सीमित हुँदा प्रहरीको समेत सक्रियतामा कमी आएको छ। घटनापछि वडा नं. १५ का बासीन्दाहरु चिन्तित छन् । 

posttt
 

सम्बन्धित समाचारहरु

संखुवासभामा एकै परिव ...

संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई ...

१ नं. प्रदेशको डिआइज ...

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डीआईजी सुदीप गिरी आउने भएका छन् । भर्खरै एसएसपीबाट ...

‘जसले भारतमा ज्यान ज ...

२०७६ मङ्सिरमा घरेलु कामदारको लागि भनेर झापा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदीलाई केह ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved