बलात्कारको आरोपमा पक्राउ परेका तत्कालीन इटहरीस्थित ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
घटनापछि फरार रहेका ३६ वर्षीया खड्कालाई काठमाडौंबाट पक्राउ गरेर प्रहरीले दोस्रो पटक सोमबार अदालतमा बुझाएको थियो । सुनसरी जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो ।
खड्काको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका स्रेस्तेदार मोहन बहादुर अधिकारीले अपराध न्यूजलाई जानकारी दिए । खड्कालाई आजै सुनसरीस्थित झुम्का कारागार चलान गरिएको छ । खड्कालाई इलाका प्रहरी कार्यालय धरानले शुक्रबारै अदालतमा हाजिर गराएर पनि बयान लिन समय अपुग भएपछि सोमबार उनको बयानसँगै थुनछेकपछि भएको थियो ।
इटहरीको ब्लुमिङ् लोटसमा खड्काले २०७२ देखि २०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर काम गरेका थिए। त्यतिबेला १५ वर्षकी कक्षा ९ मा पढ्ने छात्रालाई होस्टेलमा बसेका बेला पटकपटक बलात्कार गरेको आरोप छ। प्रिन्सिपल खड्काले ती छात्रालाई उपचार गराउन लाने बहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको खुलेको छ। खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको युवतीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि यतिबेला सबैको त्यस घटनाप्रति चासो बढेको छ ।
घटनाको विषयमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा २०७५ भदौ २ गते जाहेरी दिएकी थिइन्।
यो पनि :
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved