नेपाल प्रेस यूनियन खोटाङका पूर्व अध्यक्ष मणीराज दाहाल मृत अवस्थमा भेटिएका छन् । खेटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको सहकारी संस्थाको भवनमा बस्दै आएका दाहाल त्यही मृत अवस्थामा भेटिएका हुन । उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
६१ वर्षीय मृतक दाहाल सहकारीमा काम गर्दै एक्लै सहकारीकै भवनमा बस्दै आएका थिए । मृतकका आफन्तले भने घटनाको सत्यतथ्य अनुसन्धानको माग राखेर प्रदर्शन समेत गरेका छन् ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved